काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बलिङमा जोड दिने भएको छ ।
आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
उनले उत्पादन वा एसेम्बलिङ गर्ने विश्वका १० टप ब्रान्ड कम्पनीलाई नेपालमा उद्योग स्थापना गर्न आकर्षित गरिने बताए ।
सवारीसाधनमा प्रयोग हुने विभिन्न प्रकारका सहायक समग्रीको उत्पादन स्वेदशमैगरी रोजगारी सिर्जनगरी गरिने छ । यस्ता कम्पनीलाई दर सहुलियतका साथै आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क उपलब्ध गराउने उनले बताए ।
सरकारले विद्युतीय सवारी साधनको प्रबर्द्धन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेले उक्त जानकारी दिए ।
उनले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले नवीकरण शूल्क र मर्मत् सम्भार दस्तुरमा छुट दिइने बताए ।
विद्युतीय सवारीसाधनमा रुपान्तरण भएका सवारीसाधनलाई सरकारले ५ वर्षसम्म नवीकरण शूल्क छूट दिने भएको छ । यस्ता सवारीसाधनलाई सडक मर्मत सम्भार दस्तुर समेत छूट दिइनेछ ।
SHARE YOUR THOUGHTS