जनरल इन्स्योरेन्सले मरेका कुखुराको बीमा गरी ३ करोड दावी भुक्तानी गर्यो « Eglish Khabarhub

जनरल इन्स्योरेन्सले मरेका कुखुराको बीमा गरी ३ करोड दावी भुक्तानी गर्यो


२४ जेष्ठ २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मरेको कुखुराको बीमा गरी दावी भुक्तानी समेत गरिसकेको पत्ता लागेको छ ।

कम्पनीले स्याङजा भिरकोटस्थीत खिलुङ्ग कालिका एग्रो फार्मको ब्रोइलर कुखुरा मर्न शुरु गर्दैगर्दा बीमा गरेको तथ्य भेटिएको हो । यतिमात्र नभएर विभिन्न जालझेल नै पुनर्बीमाको स्वीकृति नै बिना दावी भुक्तानी समेत कम्पनीले गरिसकेको छ ।

कम्पनीका उच्च व्यवस्थापनका केही व्यक्तिहरुले पुनर्बीमाको दायित्व सुनिश्चित नै नभई सञ्चालक समितिलाई छारो हाली एग्रो फार्मलाई ३ करोड रुपैयाँ दावी भुक्तानी भइसकेको छ ।

बीमा समितिबाट पछिल्लो पटक सञ्चालनको अनुमति पाएको कम्पनीले स्थापनाकालबाटै महाप्रवन्धकको जिम्मेवारी एस के टमोटले सम्हालेका थिए । तर उनी अहिले कम्पनीबाट बाहिरिसकेका छन् । तर टमोट कम्पनीको महाप्रबन्धक हुँदा कम्पनीलाई नै ठूलो आर्थिक भार पुग्ने काम गरेको तथ्य फेला परेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीको स्याङजाको शाखा कार्यालयमार्फत् २०७५ असारमा खिलुङ्ग कालिका एग्रो फार्मको १ लाख ५० हजार ब्रोइलर कुखुरा पंक्षी बीमा बजार प्रवन्धक कृष्ण कोइरालाले गरेका थिए ।

लघु बीमा अन्तरर्गत गरिएको सो बीमामा दायित्व २० प्रतिशत कम्पनीले र ८० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले लिनुपर्ने ऐनमा व्यवस्था छ । साथै, ५० लाख रुपैयाँभन्दा बढीको दावी भुक्तानी कम्पनीले कुनै पनि बीमितलाई दिँदा पुनर्बीमा कम्पनीबाट स्वीकृति लिएरमात्र गर्नुपर्ने हुन्छ ।

कम्पनीको पुनर्बीमा विभाग प्रमुख नायव प्रबन्धक सुमी मल्ललाई नेपाल पुनर्बीमाबाट ट्रिटी (सन्धी)अनुसार दायित्व वहन गर्न नसक्ने जानकारी गराएको थियो ।

तर दावी भुक्तानीको दायित्व बारेमा जानकारी गराउँदा पनि सोको जानकारी दावी विभागलाई दिन आवश्यक नरहेको टमोटले प्रमुख नायव प्रबन्धक सुमी मल्ललाई भनेका थिए ।

नेपाल पुनर्बीमा कम्पनीले उक्त फार्ममा रहेका कुखुराको बीमामा पर्ने दावीको जिम्मेवारी नलिने जानकारी गराउँदा पनि दावी भुक्तानीको आदेश टमोटले कम्पनीको दावी विभागलाई दिएका हुन् ।

उनकै आदेशमा कम्पनीको सहायक महाप्रवन्धक निल बरालीले दावी भुक्तानीको लागि चेक हस्ताक्षर गरी खालिङ कालिका एग्रो फामलाई ३ करोड रुपैयाँ बढी दावी भुक्तानी गरेका छन् ।

यसरी कम्पनीको उच्च व्यवस्थापनका केही व्यक्तिहरुको मिलोमतोमै संस्थालाई ठूलो आर्थिक नोक्सानी हुने गरी गरिएको दावी भुक्तानीको सम्बन्धमा कम्पनीको दावी तथा पुनर्बीमा बीमा समिति स्पष्टीकरण सोधेको छ ।

कम्पनीको सञ्चालकहरु तथा दावी तथा पुनर्बीमा बीमा समिति समितिको कात्तिक १२ गते बसेको बैठकले सो समयका महाप्रवन्धक एस के टमोट, उपमहाप्रवन्धक निल बराइली, दावी विभाग प्रमुख वरिष्ठ प्रवन्धक प्रदीप कुमार लगायत उच्च व्यवस्थापनका केही व्यक्तिहरुले कम्पनीको पैसा हिनामिना गरेको ठहर गरेको थियो ।

साथै, यसमा संलग्नबाट दावी वापत भुक्तानी गरेको रकम असुल उपर गर्न तथा निलम्बनका लागि सञ्चालक समितिलाई सिफारिस समेत गरेको थियो ।

के भन्छन्, कम्पनीका जवाफदेही व्यक्तिहरुः
दावी भुक्तानी नियम उल्लघंन गरी भएको अशंकाले छानविन गरिएको कम्पनीको सञ्चालक तथा दावी भुक्तानी तथा पुनर्बीमा समितिका संयोजक शशिराज बज्राचार्यले बताए ।

‘अहिले म कम्पनीमा आवद्ध छैन, राजीनामा दिएको २ महिना भयो तर यो विषय भनेको म कम्पनीमा हुँदै आएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘नेपाल पुनर्बीमा कम्पनीले दायित्व अनुसारको दावी भुक्तानीको रकम दिन नसक्ने भनेपछि यसको निर्क्याैल गरी यथार्थ के रहेछ पत्ता लगाउन खोजिएको हो ।’

सो बेला पुनर्बीमाले गरेको आवश्यक प्रश्नमा कम्पनीको तर्फबाट उचित जवाफ पठाइसकेको उनले जानकारी दिए ।

‘दावी भुक्तानीका लागि रि–इस्योरेन्सले केही प्रश्न सोध्नुका साथै आवश्यक कागजात माग्नु भएको थियो,’ उनले थपे, ‘त्यसमा जेआइसीबाट दोहोरो जवाफ दिने र कागजात पठाउने काम भइरहेको थियो, ।’

अहिलेपनि यही कुराले निरन्तरता पाइरहेको तर रि–इन्स्योरेन्सले शुरुवातबाटै दायित्व वापतको रकम दिनलाई इन्कार भने नगरेको उनको भनाइ छ ।

कम्पनीले समय नै बीमितलाई सम्पूर्ण दावी भुक्तानी दावी परेपछि सम्पूर्ण भुक्तानी गरेपनि रि–इन्स्योरेन्सले भने विभिन्न बहाना गरी दायित्व भुक्तानीमा ढिलाइ गरेको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले बतए ।

‘रि-इन्स्योरेन्सले १/२ वटा कुराहरुलाई आधार मानेर दावीमा शंका गरेर डकुमेन्ट मागिरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘मागेको जति डकुमेन्ट पठाउँदै कम्पनीले पुनर्बीमामा दावी वापतको ८० प्रतिशत रकमको लागि फलोअप गरिरहेका छौँ ।’

रि-इन्स्योरेन्सले शंका गरेर मागेको कागजात स्पष्ट पार्दै कम्पनीले पठाएको हुँदा चाँडै दावी दायित्व वापतको ८० प्रतिशत रकम फिर्ता आउने उनको विश्वास छ । रि–इन्स्योरेन्सले बोर्ड बैठक बस्ने बित्तिकै कम्पनीको विषयमा निर्णय गर्ने आश्वसन दिइसकेको उनले जानकारी दिए ।

पुनरबीमाको सुपरीवेक्षणमा कम्पनीको जालझेलको पर्दाफास

नेपाल पुनर्बीमा कम्पनीले खालिङ एग्रो फाममा भएको कुखुराको बीमा दावी भुक्तानी सुरुवातमै अस्वीकार गरेको थियो । एग्रो फामले गरेको दावीको २०७६ असोजमै भुक्तानी दावी कम्पनीले गरिसकेको थियो ।

कम्पनीले बीमितलाई दावी भुक्तानी गर्नु २ महिना अगाडि नै पुनर्बीमा कम्पनीले दावी दिने स्पष्ट आधार नभएको पत्र जेआइसीमा पठाएको थियो ।

पुनर्बीमा कम्पनीले बीमा लेख, दावी वापतको बीमांक वापत रकम प्राप्त गर्ने आधार र सम्पूर्ण कागजात अध्ययन तथा अनुगमन गर्दा सबै कागजात कीर्ते बनाएर पेश गरिएको पाइएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले जनरल इन्स्योरेसलाई पठाएको पत्रअनुसार कुखुराको स्वास्थ्य परीक्षण गर्ने डाक्टर, स्वास्थ्य केन्द्र, बिरामी कुखुराको औषधी भ्याक्सिन लगायतका कागजात, कुखुरा मरेको प्रमाणिकरण गर्ने निकाय लगायतको सम्पूर्ण कागजात कीर्ते तथा नक्कली भएको उल्लेख गरिएको छ ।

आफ्नो दायित्व वापतको ८० प्रतिशत दावी भुक्तानी दिन नेपाल पुनर्बीमा कम्पनी जेआइसीलाई पटक/पटक आवश्यक कागजात माग गरेपनि विश्वासिलो आधार भएको कागजात र स्पष्ट जवाफ नदिएको नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले बताए ।

‘खिलुङ्ग कालिका एग्रो फार्मको विषयमा निश्चित प्रक्रियाहरु इन्स्योरेन्स कम्पनीले पूरा गर्नुपर्ने छन्, त्यो प्रक्रिया पूरा नगरेसम्म यहाँबाट पैसा दिन मिल्दैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘माग गरिएको कागजात कम्पनीले कतिपय बुझाएको छ भने कतिपयको घुमाउरो जवाफ दिएको छ, त्यस्ता जवाफ र कागजातमा हामी सन्तुष्ट हुन सकेको छैनौं ।’

नेपाल पुनर्बीमा कम्पनीले लगानीकर्ता मार पर्ने र कम्पनीको छवीमा आँच आउने गरी कुनै पनि संस्था वा व्यक्तिलाई मात्र फाइदा पुग्ने गरी निर्णय नगर्ने उनको भनाइ छ । खिलुङ कालिकाकोे बारेमा हामी चाँडै निष्कर्षमा पुग्ने उनले बताए ।

के भएको थियो, खालिङ एग्रो फार्मको कुखुरा बीमामा ?

खालिङ कालिका एग्रो फार्ममा भएको कुखुराको बीमा लेख कुखुरा मर्दामर्दै जारी गरिएको तथा सो कुरा बीमा प्रस्ताव फारममा उल्लेख गरिएको थिएन । बीमा गरेको १ दिनपछि नै रोग लागेका अन्य कुखुरा पनि मर्दै गएको कुरालाई सामान्य रुपमा लिएर दावी दिन पूर्व कुनै कारवाही नगरेको कम्पनीका दावी विभाग प्रमुख वरिष्ठ प्रवन्ध प्रदीपकुमार यादवले दावी भुक्तानी तथा पुनर्बीमा समितिको सो बैठकमा बयान दिएका थिए । दावी दिनु पूर्व सो सम्बन्धमा कुनै काम कारवाही नगरेको पाइएको छैन ।

पशुपन्छी बीमा नियमावली अन्तर्गत बीमित पन्छी मरेमा सोको दुई २ दिनभित्र लिखित जानकारी स्वयः वा बैङ्क सदस्य संस्थामार्फत् बीमकलाई जानकारी दिनु पर्ने हुन्छ । त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टाभित्र बीमकले मृत पन्छीको निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म पन्छी धनीले मृत पन्छी सुरक्षित राख्नु पर्छ ।

तर २०७६ असार ११ गतेदेखि नै कुखरा मरेको तर बीमितले मिति २०७६ साउन १२ गते लिखित जानकारी दिएको र सो पत्रकार्यालयमा मिति २०७६ साउन २२ मा मात्र दर्ता भएको छ ।

पन्छी बीमा नियमावलीको आधारमा समयमा नै उचित कारवाही गरेको भए सो दावी ‘नो केल्म’ गर्न सकिने भएपनि नगरिएको थियो ।

पुनर्बीमाको सन्धी विपरीत गएर गएर दावी भुक्तानी गरिएको हुँदा यसबारे जवाफमा दावी विभागले गैर–जिम्मेवारी जवाफ दिएका थिए । जसकारण समितिले उनलाई कम्पनीको हित विपरीत काम गरेको ठहर गरी कम्पनीको पैसा हिनामिना गरेको भन्दै दावी विभाग प्रमुख प्रदीप कुमार यादवबाट सो रकम असुल गर्न सिफारिस गरेको थियो । साथै, कार्यदक्षता कमजोर भएको भन्दै निलम्बन गर्न सञ्चालक समिति समक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ००:००  ११ : ४१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping