काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा चलखेल गरेको आशंकामा ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको भन्दै विभिन्न संघ संगठनले विरोध गरेका छन् ।
सेयर मूल्यमा चलखेल भएको भन्ने आशंकामा बोर्डले ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको थियो । जसमा जलविद्युत्, बीमा, होटल तथा पर्यटन, फाइनान्स र माइक्रोफाइनान्स, विकास बैंकलगायतका कम्पनीहरु थिए ।
बोर्डको उक्त विज्ञप्तिपछि सेयर बजारमा हस्तक्षेप गरेको र क्षेत्राधिकारभन्दा बोर्ड बाहिर गएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले जलविद्युत् कम्पनीको सेयर मूल्य बढ्ने कारण भन्दै भएको सेयर मूल्य बढ्दा चलखेल भएको भन्न नमिल्ने तर्क गरेको छ ।
इपानले जलविद्युत् कम्पनीको सेयर मूल्य बढ्नुमा प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई लगाउँदै आएको एडी पेनाल्टी हटाउनु ऊर्जा आयोजनाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले १४ प्रतिशतसम्म ब्याज लिँदै आएकोमा सो ब्याजदर ७ प्रतिशतमा झर्नु, रुग्ण जलविद्युत् आयोजनाहरुलाई सवल रुपमा सञ्चालनका लागि नेपाल राष्ट्र बैंक मार्पmत पुनरकर्जाको व्यवस्था गर्नु, जलविद्युत् आयोजनालाई आवश्यक पर्ने सामग्रीमा भ्याट छुटको व्यवस्था हुनु जस्ता सकारात्मक कदमहरुका कारण जलविद्युत् कम्पनीहरुको सेयर मूल्य बढेको दावी गरेको छ ।
इपानले जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रि«य प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरु भएपछि मात्रै कम्पनीको आम्दानी बिस्तारै बढेर प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।
‘अहिले प्राथमिक सेयर निष्काशन गरेर दोस्रो बजारमा कारोबार भैरहेका धेरै जलविद्युत् कम्पनीहरुको भर्खरै निर्माण सम्पन्न भएका, निर्माण सम्पन्नभई सरकारले समयमा प्रसारण लाइन निर्माण नगरेकाले उत्पादित विद्युत खेर गईरहेका र अझैसम्म निर्माणाधिन रहेका छन्,’ इपानले भनेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले पनि बोर्डले जारी गरेको विज्ञप्ति गलत भएको बताएको छ ।
‘व्यक्ति एवं समुहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सुचिकृत संस्थाहरुको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिकरुपमा सचेत गराउनु वा कारवाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ,ु सिविफिनले भनेको छ ।
सम्बन्धित संस्थाहरुको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरुलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्नुपर्ने सविफिनको भनाइ छ ।
साथै, संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्ताहरुमा मनोबैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारवाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुनेछ ।
नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सुचिकृत संस्थाहरुको नियामक निकाय हो । तसर्थ, धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्ने सिविफिनले हार्दिक अपेक्षा समेत व्यक्त गरेकोछ ।
त्यसैगरी नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीर्का संघले धितोपत्र बोर्डको नीतिमा असहमति जनाएका छन् ।
नियामक निकायले कुन कम्पनी जोखिम युक्त छ भनेर भन्दै हिड्न नहुँने लगानीकर्ता संगठनको धारणा छ । धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको लागि अनुमति दिएपछि लगानीकर्ता कतिसम्म लगानी गर्न पाउने आफ्नो अधिकार भएको संगठनको माग छ ।
बोर्डले नेप्सेमा सूचिकृत यो कम्पनीमा लगानी गर वा नगर भन्नु कानून विपरित काम गरेको निष्कर्ष लगानीकर्ताका संगठनले निकालेका छन् ।
नियामक निकाय भूमिका रेफ्रिजस्तो तटस्थ बस्नुपर्नेमा ४२ खर्बको बजारलाई प्रभावित काम गर्ने काम गरेको विज्ञप्तीमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS