काठमाडौं । सरकारले सातामा ९ वटा देशमा २१ वटा हवाई उडान गर्न अनुमति दिएको छ ।
पर्यटन मन्त्रालयका अनुसार अब सातामा विभिन्न ९ वटा देशमा २१ वटा हवाई उडान हुनेछन् ।
जसअनुसार कतारको दोहामा साप्ताहिक ४ उडान, टर्कीको स्तानबुलमा सातामा २ उडान, युएईको दुईमा सातामा ४ उडान, सादी अरबको दमाममा सातामा २ उडान हुनेछन् ।
त्यसैगरी कुबेतको कुवेत सिटीमा सातामा २ वटा उडान, ओमनमा सातामा एउटा उडान, मलेसियाको क्वालालम्पुरमा सातामा ४ वटा उडान, दक्षिण कोरियाको सियोलमा सातामा एउटा उडान र जापानको नारितामा सातामा एउटा उडान हुनेछ ।
जनस्वास्थ्यको सुरक्षा, क्वारेन्टिन व्यवस्थापनको क्षमता तथा श्रम गन्तव्य लगायतका संवेदनशिलतालाई आधार मानी सरोकारवाला निकायसँगको समन्वयमा विगतमा अन्तर्राष्ट्रिय हवाई उडान हुने गरेका मुलुकमा नियमित उडान संख्या वृद्धि गर्दै जाने निर्णय अनुसार उक्त निर्णय गरिएको मन्त्रालयको भनाइ छ ।
SHARE YOUR THOUGHTS