काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा लागू भएको निषेधाज्ञाका कारण बन्द आन्तरिक हवाई उडान असार १७ गतेदेखि शुरु गर्ने सरकारले निर्णय गरेको छ ।
जसका अनुसार सरकारले शुरुमा ५० प्रतिशत उडान संख्यामा मात्रै हवाई सेवा शुरु गर्न निर्देशन दिएको छ । जसअनुसार वायुसेवा कम्पनीहरुले सामान्य अवस्थामा पाएको उडान संख्याको आधा वा सोभन्दा कम उडान संख्याबाट सेवा शुरु गर्नुपर्ने छ ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार गत वैशाख २१ गते देखि लागू भएको निषेधाज्ञा पूर्व सञ्चालन भएका कुल उडान संख्याको आधार वा सोभन्दा कम उडान तालिका पेश गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलालाई निर्देशन दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार गत वैशाख २० गते कुल ६१ वटा उडान भएका थिए ।
विमानस्थलका महाप्रबन्ध प्रताव वावु तिवारीका अनुसार वैशाख २१ गतेभन्दा अघि २० गते पनि निषेधाज्ञाको समय भएकाले उडान संख्या आधा गरेकाले १७ गतेदेखि पनि सबै विमान कम्पनीको गरी ६० वटा उडानको हाराहारीमा उडान हुनेछ ।
गत वैशाख २० गते सबैभन्दा धेरै बुध्द एयरले २१ वटा, यति एयरलाइन्सले १४ वटा, श्री एयरलाइन्सले ६ वटा, तारा एयरले छ वटा, समिट एयरले ७ वटा, सौर्य एयरलाइन्सले ३ वटा, नेपाल एयरलाइन्सले ४ वटा र सिता एयरले एउटा उडान गरेका थिए ।
तिवारीका अनुसार आज शुक्रबार कुन विमान कम्पनीलाई कति उडान गर्न दिने भन्ने निर्णय हुनेछ ।
SHARE YOUR THOUGHTS