पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ? « Eglish Khabarhub

पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ?


२५ असार २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल विगत ५ वर्षदेखि विद्युतीय सवारी चढ्दै आइरहेका छन् । राज्यको ढुकुटी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी आफ्नो निजी खर्चको पनि हिसाब राख्ने गर्छन् ।

पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च निकै सस्तो रहेको उनको अनुभव छ । पछिल्लो ५ वर्षको अवधिमा गाडीको मर्मत सम्भारका लागि जम्मा ७ सय २० रुपैयाँमात्रै खर्च भएको उनले सुनाए । त्यो रकम पनि २ पटक गाडीको टायर पञ्चर मर्मत गर्दा भएको खर्च हो ।

‘पेट्रोलियम सवारीजस्तो विद्युतीय गाडी तीन/तीन महिनामा सर्भिसिङ गर्नु पर्दैन । वर्षमा एक पटक सर्भिसिङ गरे पुग्छ,’ खनालले क्लिकमाण्डूसँग अनुभव साटे, ‘पेट्रोलियम गाडी सर्भिस गर्दा मोबिल, एयर तथा पेट्रोल फिल्टर परिवर्तन गर्नुपर्ने हुन्छ । विद्युतीय गाडीमा त्यस्ता पाटपूर्जा फेर्नु पर्दैन ।’

पूर्वसचिव खनाल कियाको सोल चढ्ने गर्छन् । किया मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले खनालले खरिद गरेको किया सोल इभीमा ६ वर्षसम्मका लागि निःशुल्क सर्भिसको सुविधा उपलब्ध गराएको छ । पेट्रोलियम गाडीमा पनि निश्चित समयसम्म निःशुल्क सर्भिसिङको सुविधा हुन्छ ।

तर, गाडीलाई चुस्त-दुरुस्त राख्न विभिन्न पार्टपूर्जा र मोबिल परिवर्तन गर्नुपर्ने हुन्छ । गाडी प्रयोगकर्ताले पार्टपूर्जा र मोबिलको भने अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।

पेट्रोलिय गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च सस्तो हुने उनको अनुभव छ । सरकारी सेवामा रहँदा उनले पेट्रोलबाट चल्ने गाडी चढ्थे । तत्कालिन समयमा उनको गाडीले १०० किलोमिटर यात्रा गर्दा करिब ९ लिटर पेट्रोल खपत गथ्र्यो ।

हालको पेट्रोलको बजार मूल्य अनुसार ११ सय ६१ रुपैयाँ इन्धनमा खर्च हुन्थ्यो । अहिले उनी १२ यूनिट विजुलीमा १ सय किलोमिटरसम्म यात्रा गर्न सक्ने बताउँछन् । घरमै गाडी चार्ज हुने भएकाले प्रतियूनिट १०.९० रुपैयाँ खर्च लाग्ने उनी बताउँछन् । विद्युतीय गाडीमा १०० किलोमिटर यात्रा गर्दा इन्धन खर्च करिब १३० रुपैयाँको हाराहारीमा पर्ने उनको भनाइ छ ।

इलेक्ट्रिक बाइक र स्कुटर चढ्दा १५ गुणा सस्तो पर्ने, प्रयोगकर्ता पनि बढ्दै

बढ्दो सवारीसाधनको प्रयोग र सहरीकरणसँगै ध्वनी र वायू प्रदुषण थप चुनौतीपूर्ण बन्दै गएको छ । यसलाई रोक्न संसार भरिनै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन जोड दिइएको छ ।

नेपालमा पनि सरकारले पछिल्ला केही वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन पेट्रोलियम सवारीको तुलनामा भन्सार महसुलमा विशेष छुटको व्यवस्था गरेको छ । यद्यपी विद्युतीय गाडी पेट्रोलियमको तुलनामा महँगै छ ।

‘पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको सुरुवाती मूल्य केही महँगो छ, तर दीर्घकालिन हिसाब गर्दा विद्युतीय गाडी नै सस्तो पर्छ,’ खनालले आफ्नो अनुभव सुनाए, ‘विद्युतीय गाडीको प्रयोगबाट निजी सम्पतीको बचत हुनुका साथै राष्ट्रको पुँजी बाहिर जानबाट रोक्न सकिन्छ ।’

चालु आवको गत जेष्ठसम्म १ खर्ब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । यो वर्ष लकडाउन र निषेधाज्ञाका कारण सवारीसाधन पूर्ण रुपमा चल्न नपाउँदा पेट्रोलियम पदार्थको आयात ठूलो परिमाणमा घटेको हो । सामान्य अवस्था वार्षिक ३ अर्ब रुपैयाँभन्दा धेरैको पेट्रोलियम पदार्थको आयात हुने गरेको छ ।

विद्युतीय सवारीको प्रयोग बढाउन सकिए पेट्रोलियम पदार्थको आयात घट्नुका साथै व्यापार घाटा पनि न्युनिकरण गर्न ठूलो मद्दत पुग्छ ।

पछिल्लो समय नेपालमा विद्युतीय गाडीको प्रयोग र आपूर्ति दुवै बढेको छ । नेपालमा हुन्डाई, किया, बीवाईडी, दिगो, महिन्द्रा, एमजी, प्यूजो, डेरी, निसान, टाटा, अडी र टेस्ला लगायत विद्युतीय गाडी नेपाली सडकमा गुडिरहेका छन् ।

यी हुन् नेपाली बजारमा उपलब्ध दुई पांग्रे विद्युतीय सवारी, मूल्य र माइलेज कति ?

सरकारी नीति स्पष्ट हुन आवश्यक

नेपालमा सवारीसाधन उत्पादन नहुने भएकाले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने विद्युतीय सवारीका अभियान्ता पूर्ण रञ्जितकार बताउँछन् ।

‘विद्युतीय सवारी प्रवद्र्धन गर्ने स्पष्ट सरकारी नीति छैन । विद्युतीय सवारीको आयात बढ्यो भने राजश्व उठाउन भन्सार महसुल वृद्धि गर्ने गरिन्छ । फेरि आयात घट्यो भने भन्सार महसुुल घटाइन्छ,’ रञ्जितकारले भने, ‘बारम्बार परिवर्तन हुने नीतिले विद्युतीय सवारीको प्रवद्र्धन हुन सक्दैन ।’

जैविक इन्धनबाट चल्ले सवारीको तुलनामा विद्युतीय सवारीको आयातमा सरकारले केही सहुलियत दिएको छ । यो व्यवस्थालाई कामय राख्न सके विद्युतीय सवारीको प्रयोग बढ्ने छ । विद्युतीय सवारी नेपालको व्यापार घाट्नेका साथै स्वदेशमै उत्पादन हुने विद्युतको प्रयोग बढ्नेछ ।

चालु वर्षको बजेटमा निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीमा अन्तःशुल्क वृद्धि गरेपछि विद्युतीय सवारीको आयात घटेको थियो ।

तर, खतिवडाले भन्सार दर ८० प्रतिशत र अन्तःशुल्क ४० प्रतिशत लाग्ने व्यवस्था गरेका थिए । आगामी वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले १ सय किलोवाट क्षमताको विद्युतीय सवारी आयात गर्दा १० प्रतिशत भन्सार, १ सयदेखि २ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेका छन् ।

साथै २ सयदेखि ३ सयसम्म ३० प्रतिशत भन्सार लगाइने छ । ३ सय किलोेवाटभन्दा माथिका मोटर जडित विद्युतीय सवारीमा ४० प्रतिशत भन्सार शुल्क लिइनेछ ।

जैविक इन्धन खपत गर्ने सवारी आयात गर्दा २४७ प्रतिशतसम्म भन्सार शुल्क लाग्छ । यसको तुलनमा विद्युतीय सवारीको सरकारले लिने शुल्क न्यून छ । यो नीतिलाई १० वर्षसम्म नचलाउने हो विद्युतीय सवारीको प्रयोग बढ्ने उनको विश्वास छ ।

ब्याट्रीको मूल्यका कारण विद्युतीय सवारी महँगो पर्छ । ब्याट्रीलाई सस्तो र किफायती बनाउन धेरै अध्ययन तथा अनुसन्धान भइरहेको छ । निकट भविष्यमा सस्तो मूल्यमा ब्याट्री उत्पादन हुनेछ । यसले विद्युतीय सवारी सस्तोमा खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ००:००  ११ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping