![](https://internal.appharu.com/wp-content/uploads/2021/08/himalayanbank.jpg)
काठमाडौं । हिमालयन बैंकको खुद नाफा करिब १६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १५.९० प्रतिशतले वृद्धि भएको हो ।
बैंकद्वारा सार्वजनिक गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा सो नाफा ४१ करोड १२ लाख रुपैयाँ बढी हो ।
बैंकको सो अवधिमा खुद ब्याज आम्दानी भने २१.४३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३ अर्ब ८२ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा ३ अर्ब ७८ करोड ८२ लाख रुपैयाँमा सीमित गरेको छ ।
बैंकले यस अवधिमा १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने यस अवधिमा १ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढ्दा खुद नाफामा सुधार भएको देखिन्छ । बैंकले सो अवधिमा २ अर्ब २२ करोड ७६ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १ हजार ४ सय ३२.१३ प्रतिशत बिन्दुले धेरै हो । अघिल्लो आवमा बैंकले यसतो आम्दानी १४ करोड ५३ लाख रुपौयँमात्र गरेको थियो ।
यसैगरी, बैंकको सञ्चालन नाफा पनि १८ .१७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा ६ अर्ब ११ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले गत आवमा ७ अर्ब २२ करोड ३७ लाख रुपैयाँ गरेको छ ।
गत आवमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेृको छ । बैंकले हाल कायम चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०.३० प्रतिशत लाभांश वितरण गर्न क्षमता राख्छ ।
यस्तै, समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.४८ प्रतिशत, बेसरेट ६.६७ प्रतिशत, स्प्रेडदर ३.३२ प्रतिशत, प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०८ पैसा, पीइ रेसीयो १७.२५, प्रतिसेयर नेटवर्थ १ सय ८७ रुपैयाँ ९४ पैसा र तरलता अनुपात २६.५१ गुणा छ ।
SHARE YOUR THOUGHTS