किन बढेको बढ्यै छ खाने तेलको मूल्य ? « Eglish Khabarhub

किन बढेको बढ्यै छ खाने तेलको मूल्य ?


३० भाद्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो समय खाने तेलको मूल्य बढेर कीर्तिमानी कायम गरेको छ । खाद्य वस्तुको मूल्यमा सामान्य उत्तारचढाव देखिए पनि खाने तेलको मूल्य बढेको बढ्यै छ । यसले गर्दा आम उपभोक्ता मारमा परेका छन् । हाल दैनिक रुपमा खाने तेलमा भएको मुल्यवृद्धि भएको भन्दै उपभोक्ताकर्मी र उपभोक्ताले सरकारसमक्ष छानबिन गर्न पनि माग गरेका छन् ।

तर, सरकारसमक्ष उपभोक्ताकर्मीले कारबाही गर्न माग गरे पनि हालसम्म छानबिन गर्न सकेको छैन ।

त्यस्तै, बजारमा अत्याधिक रुपमा मूल्य बढेकोबारे उपभोक्ताकर्मी र आम सर्वसाधारणले विरोध गरेसँगै तेल उद्योगीहरूले मूल्य वृद्धिबारे छलफल गरी प्रेस विज्ञप्ति जारी गरेका छन् । उद्योगीहरूको संगठित संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी मूल्यवृद्धिबारे स्पष्ट पारेका छन् ।

संघले प्रशोधित खानेतेलमा भएको मुल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक पटक भएको सोधनीका भएकाले स्पष्ट पारेको जनाएको छ ।

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरू छन् । उक्त उद्योगहरूले आफ्ना उत्पादनहरू सोयाबिन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय बजारमा बिक्री वितरण गर्नुका साथै निकाशी समेत गर्दै आइरहेका छन ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने गरेको संघको दाबी छ ।

‘करीब २० महिना कोभिड-१९, कु्रड तेल उत्पादन हुने देशहरूमा भएको भीषण सुख्खाको कारण र अन्य भू–राजनीतिक मुद्दाले गर्दा खाने तेलको मुल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघको अनुसार हाल कायम भएको मूल्य हालसम्मको ऐतिहासिक मुल्यवृद्धि रहेको जनाएको छ ।

२०२० अप्रिलमा अर्जेन्टिनाबाट ल्याएको क्रुड सोयाबिनको तेल प्रति मेट्रिक टन ५८९ डलर रहेकोमा असामान्य वृद्धि भई मे २०२० मा आइपुग्दा प्रति मेट्रिक टन १३ सय ६३ डलर पुगेको महासंघले उल्लेख गरेको छ । साथै, करिब एक वर्षअघि ७०४ डलरमा युक्रेनबाट ल्याएको कु्रड सनफ्लावरको तेलको मुल्यमा वृद्धि भई मे २०२१ मा प्रति मेट्रिक टन १४ सय ९५ पुगेको छ । जसमा युरोपबाट प्रकाशित हुने आयल वल्र्डको २८ मे २०२१ को डकुमेन्टले स्पष्ट पारेको महासंघले जनाएको छ ।

त्यसैगरी २०२१ जुलाई २ मा प्रकाशित आयल वल्र्ड रिपोर्टमा एक महिनामा कु्रड सोयाविनको तेलको मूल्य प्रति मेट्रिन टन १ हजार ९५ डलर र सन्फ्लावर तेलको मूल्य ११ सय ६० डर मूल्यमा झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मुल्य घट्दा उद्योगहरूसँग उच्च मुल्यको कच्चा पदार्थको मौज्दात हुँदाहुदै अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेकोले उद्योगहरूले वाणिज्य विभागको समन्वयमा अन्तर्राष्ट्रिय बजारको परिपाटि अनुसार नै क्रमशः स्थानिय बजारमा समेत मुल्य घटाई आफ्ना उत्पादनहरु बिक्री वितरण गरेको संघले दाबी गरे ।

त्यसमा संघले फेरी घटेको कच्चा पदार्थ किन्न नपाउँदै अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय बजार करिब प्रति मेट्रिक टन २ सयदेखि २ सय ५० सम्म वृद्धि भएको थियो । जस अनुसार क्रमिक रुपमा त्यसको असर स्थानिय बजारमा समेत पर्न गएको संघले उल्लेख गरेको छ । आयल वल्र्ड रिपोर्टअनुसार २०२१ अगस्ट २० को रिपोर्टमा प्रति मेट्रिक टन १३ सय २७ कु्रड सोयाबिनको तेल र प्रति मट्रिक टन कु्रड सनफ्लावरको मुल्य भएको जनाएको छ ।

त्यस्तै प्रशोधित खानेतेल उद्योगीहरूको स्थिति उल्लेख गर्दै संघले खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा दोब्वर भएको जनाएको छ । जसले गर्दा वृद्धिका कारण गत वर्षमा महशुल सरदर प्रति लिटर २० रुपैयाँ रहेकोमा हाल प्रतिलिटर ४५ रुपैयाँभन्दा

बढी पुगिसकेको संघका अध्यक्ष सन्दिप अग्रवाल बताउँछन् ।

त्यसैगरी, कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तर्राष्ट्रिय भाडा दरमासमेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रति लिटर सरदर २० रुपैयाँदेखि २५ रुपैयाँसम्म वृद्धिको भएको उनले बताए ।

‘सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्यसमेत अन्तर्राष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ,’ उनले भने ।

त्यस्तै मूल्य वृद्धि भएपनि हालसम्म अन्तर्राष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन नसकेको उनको भनाइ छ ।

नेपालमा खाने तेलको कच्चा पदार्थको उत्पादन/उपलव्धता शुन्य रहेको छ । जसले गर्दा उद्योगहरूको कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेको अवस्था छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भएको मुल्यको उतारचढावले गर्दा स्थानिय बजारको मुल्य समेत सोहिअनुसार निर्धारण गर्नुपर्ने वाध्यता रहेकाले सोही अनुसार मूल्य बढेको संघले जिकिर गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ००:००  ४ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping