दशैंमा पनि चलचित्रबिहीन हुने भए सिनेमा हल, सहुलियत दिँदा पनि निर्माताले लिएनन् रिस्क « Eglish Khabarhub

दशैंमा पनि चलचित्रबिहीन हुने भए सिनेमा हल, सहुलियत दिँदा पनि निर्माताले लिएनन् रिस्क


१५ आश्विन २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दशैं हिन्दुहरुको महान पर्व मात्रै नभइ चलचित्र निर्माताका लागि पनि ठूलो पर्व हो । दशैंलाई लक्षित गरी सिनेमा रिलिज गर्ने परम्परा यसपटक तोडिने भएको छ ।

गत वर्ष कोरोना महामारीका कारण बन्द भएका हल यो वर्ष खुले पनि निर्माताहरु चलचित्र रिलिज गर्नबाट पछि हटेका छन् । दशैंमा रिलिज गर्ने भनि मिति नै तोकेको निर्माताहरु दशैंमा दर्शक हलसम्म नआउने अनुमानका कारण निर्माण सम्पन्न भइसकेका चलचित्र पनि रिलिज गर्न हच्किएका हुन् ।

कोरोना महामारीका कारण पछिल्लो २० महिना सिनेमा हल सञ्चालन हुन सकेका छैनन् । यद्यपि यसबीचमा केही समय सिनेमा हल सञ्चालनमा आए पनि हलसम्म दर्शक पुगेका थिएनन् ।

दशैंको अवसरमा पनि सिनेमा हल दर्शकबिहीन हुने जोखिम भएपछि निर्माताहरु चलचित्र रिलिज गर्न तयार नभएको जानकारहरुको टिप्पणी छ ।

चलचित्र संघका महासचिव अशोक शर्माले रिलिजको तयारी अवस्थामा रहेका सिनेमा निर्माताले समेत रिस्क लिन नचाहेको बताए ।

‘अहिले सबै निर्माताहरु पर्ख र हेरको अवस्थामा छन्, पहिले हिन्दी र अंग्रेजी चलचित्रमा दर्शक कति आउँछन् हेरेर मात्रै रिलिज गर्ने मनसायमा रहेको देखिएको छ,’ शर्माले भने ।

उनले नेपाली चलचित्रको बजार सानो भएको र कोरोना महामारीका कारण दर्शकहरु हलसम्म आउँदैनन् कि भन्ने डरले जोखिम मोल्न नखोजेको देखिएको बताए ।

‘नेपाली चलचित्रको बजार बलिउड र हलिउडको जस्तो होइन, फेरि दर्शकहरु अहिले हलसम्म आउँछन् भन्ने अवस्था पनि भएन, यद्यपि सामान्य अवस्थामा पनि सबै चलचित्रमा उत्तिकै दर्शकहरु आएको अवस्था होइन,’ उनले भने ।

नेपाली चलचित्र चलाउनका लागि चलचित्र विकास बोर्डले रिलिज गर्ने सिनेमाका निर्मातालाई १० लाख रुपैयाँ सहयोग गर्ने तथा सिनेमा हलहरुले समेत २० प्रतिशत ‘एमजी’ अग्रिम नै दिने भन्दा पनि निर्माताहरु तयार भएको अवस्था छैन । ‘एमजी’ केही हदसम्म लगानी सुरक्षितका लागि चलचित्र वितरक र हल व्यवसायीबाट प्राप्त हुने रकम हो ।

यहाँसम्म कि अनमोल केसी जस्ता स्टारडम भएका कलाकार अभिनित ए मेरो हजुर–४ का साथै म यस्तो गीत गाउँछु २ र परदेशी २, चपली हाइट ३ लगायतका चलचित्र समेत दशैंको अवसरमा रिलिज गर्ने भनिए पनि दशैंमा रिलिज हुने अवस्था छैन ।

क्यूएफएक्सका सीइओ रोशन अडिगाले सिनेमा हलहरुले विभिन्न प्रकारको सहुलित दिने प्रतिबद्धता गर्दा समेत चलचित्र निर्माताहरु आफ्नो सिनेमा रिलिजका लागि तयार नभएको बताए ।

‘अहिले रिलिजको तयारी अवस्थामा कैयन सिनेमा छन्, तर कुनै पनि नेपाली चलचित्र रिलिज हुने अवस्थामा छैनन्,’ अडिगाले भने, ‘पहिले हिन्दी र अंग्रेजी चलचित्रले दर्शकको रेस्पोन्स हेर्ने र राम्रो भए मात्रै चलचित्र रिलिज गर्ने योजना बनाएको देखिन्छ ।’

उनका अनुसार क्यूएफएक्स अन्तर्गतका सिनेमा हल घटस्थापनाका दिनदेखि सञ्चालन हुनेछन् । जसमा अंग्रेजी चलचित्र ‘नोबडी र फास्ट एण्ड फ्युरिस ९’ हलमा लाग्नेछन् भने अक्टोबर १४ तारिखमा अंग्रेजी चलचित्र ‘नो टाइम टु डाइ’ लाग्दैछ ।

त्यसैगरी कलाकार तथा निर्माता दीपकराज गिरीले सामान्य अवस्था हुँदा दशैंमा थामिनसक्नु गरी सिनेमा रिलिजको होड चल्ने तर यो आवश्यक परेको समयमा कुनै पनि निर्माताले रिलिजका लागि तयार नहुनु जोखिम मोल्न नचाहेको देखिएको बताए ।

उनले त फेसबुकमै स्ट्याटस लेखेरै रिलिज डेट नै तोकेर बसेका साथीहरुले आँट गर्नुपर्ने बताए ।

‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो, कमसेकम दशैंमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथहिरुले त आँट गर्नुपर्ने थियो नि । सहज हुँदा एक आपसमा भिड्ने अप्ठ्यारो बेलामा चाहीँ…’ उनले फेसबुकमा लेखेका छन् ।

‘चलचित्र विकास बोर्ड र सिनेमा हल सञ्चालकले समेत सहयोग गर्दा समेत निर्माताहरुले आँट गर्न सक्नु पर्दथ्यो, अरु बेलामा आपसमा भिड्ने यो बेलामा रिलिज नै नगर्नु उचित भएन,’ उनले भने ।

उनले अधिकार खोज्नेहरुले यस्तो अवस्थामा नेपाली चलचित्रको विकासको निरन्तराका लागि भए पनि रिलिज नगर्नु कर्तत्वबाट चुकेको बताए ।

उसो त गिरीले पनि विगतका वर्षहरुमा प्रत्येक वर्ष नयाँ चलचित्र रिलिज गर्दै आएका थिए । नेपाली चलचित्रको इतिहासमा सबैभन्दा धेरै सफलता हासिल गरेको छक्कापञ्जा रिलिज गत वर्ष र यो वर्ष रिलिज हुन सकेको छैन ।

‘कोरोना महामारीका कारण मेरो चलचित्रको सुटिङ नै हुन सकेन, पहिले सरकारले सुटिङका लागि अनुमति नै दिएन, अब सम्भवतः नयाँ वर्षलाई लक्षित गरी तिहारपछि सुटिङ शुरु हुन सक्छ,’ उनले भने ।

हाल निर्माण सम्पन्न भइ बसेका चलचित्रको संख्या ३० देखि ३५ वटा छन् । जसमा औसतमा २ करोड रुपैयाँ लगानी भएको छ । जसअनुसारले करिब ७० करोड रुपैयाँ चलचित्रमा लगानी भइसकेको र रिलिज नहुँदा त्यो पैसा रोकिएको जानकारहरुको भनाइ छ । जसअनुसार प्रतिचलचित्रमा न्यूनतम १ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म लगानी भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ००:००  १० : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping