राष्ट्र बैंकको सुपरिभिजन रिपोर्टः कृषि विकास बैंकका सीइओको सवा ३४ लाख भत्ता गैरकानूनी ! « Eglish Khabarhub

राष्ट्र बैंकको सुपरिभिजन रिपोर्टः कृषि विकास बैंकका सीइओको सवा ३४ लाख भत्ता गैरकानूनी !


२२ आश्विन २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले गैरकानूनीरुपमा लाखौं रुपैयाँ भत्ता लिँदै आएको तथ्य खुलेको छ ।


बैंकका सीइओले बुझ्दै आएको तलब कानूनी भए पनि त्यसबाहेकका अन्य सबै प्रकारका भत्ता तथा बोनस गैरकानूनी भएको राष्ट्र बैंकले जनाएको छ ।


राष्ट्र बैंकले २०७६ सालमा गरेको स्थलगत अनुगमनमा यस्तो भेटिएको हो । क्लिकमाण्डूलाई प्राप्त रिपोर्ट अनुसार राष्ट्र बैंकको स्थलगत सुपरिभिजनमा खटिएको टोलीले तयार प्रतिवेदनमा कृषि विकास बैंकले कुनै कानूनी व्यवस्था नै नगरी ३४ लाख २४ हजार रुपैयाँभन्दा बढी भत्ता बैंकका सीइओले लिएको उल्लेख छ ।


कृषि विकास बैंकको सीइओ अनिलकुमार उपाध्याय छन्, उनी पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नातामा भाइसमेत हुन् । उपाध्याय वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएशनका उपाध्यक्षसमेत हुन् ।


नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृत (सीइओ)को तलब, भत्ता तथा बोसनका साथै अन्य सबै प्रकारका भत्ताबारे सम्झौता पत्रमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ । तर, कृषि विकास बैंकले सीइओसँग सम्झौता गर्दा यी विषयमा स्पष्टरुपमा उल्लेख नै नगरी स्वीकृति दिइएको छ ।


२०७५ पुस २७ गतेदेखि २०७९ मंसिर २७ गतेसम्म कायम हुने गरी गरिएको सीइओसँगको सम्झौतापत्रमा स्पष्टसँग उल्लेख नै नगरी सम्झौता अनुमोदन गरेको राष्ट्र बैंकले जनाएको छ । सुपरिभिजन रिपोर्टमा सबै प्रकारका सेवा सुविधाका विषयमा सम्झौता पत्रमै स्पष्ट उल्लेख नभएकाले बैंकका सीइओले बुझेको लाखौं बराबरको भत्ता गैरकानुनी भएको उल्लेख छ ।

बैंकको बोर्डले खुला प्रतिष्पर्धाबाट ४ वर्षका लागि २०७५ पुस २७ गने नयाँ सीइओमा अनिल उपाध्यायलाई नियुक्त गरेको थियो । तत्कालीन समयमा बैंकले सीइओसँग सम्झौता गर्दा सम्झौता पत्रमा मासिक तलब २ लाख ५० हजार रुपैयाँ हुने स्पष्ट उल्लेख गरे पनि अन्य सेवा सुविधाका विषयमा स्पष्ट उल्लेख छैन ।


राष्ट्र बैंकको कर्मचारी विनियमावलीमा सीइओले प्राप्त गर्ने वित्तीय सुविधाका विषयमा स्पष्ट उल्लेख गर्नुपर्छ । त्यसैले सीइओले प्राप्त गर्ने मासिक तलबबाहेकका सबै वित्तीय सुविधा गैरकानूनी भएको सुपरिभिजन रिपोर्टमा उल्लेख छ ।


बैंकका सीइओले मासिकरुपमा बुझ्दै आएको २ लाख ५० हजार रुपैयाँका विषयमा उल्लेख भए पनि बैंक डे अलाउन्स वापतको २ लाख ५० हजार रुपैयाँ, इन्टरनेट सुविधा वापतको ५५० रुपैयाँ, वर्क एक्पेन्सेसवापतको दैनिक ४७० रुपैयाँका दरले मासिक १४ हजार १ सय रुपैयाँका विपयमा बोर्डको निर्णय नभएको पाइएको हो ।


बैंकको बोर्डले यसअघि २०७१ मंसिर २८ गते खुला प्रतिष्र्धाबाट ४ वर्षका लागि नयाँ सीइओ नियुक्त गरेको थियो । जसमा सीइओको मासिक तलब १ लाख ५३ हजार रुपैयाँ हुने उल्लेख थियो । अन्य वित्तीय सेवा सुविधा २०६६ भदौ २६ गतेको बोर्डको निर्णयअनुसार नै गरिएको थियो ।

तर, तत्कालीन समयमा पनि बैंकका कर्मचारीको विषयमा मात्रै उल्लेख गरिएको तर सीइओको विषयमा स्पष्ट व्यवस्था नगरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सीइओको तलबबाहेकका सबै रकम गैरकानूनी भएको उल्लेख गरेको छ ।


बैंकले २०७४ साउन १ गतेदेखि सीइओको मासिक तलब १ लाख ५३ हजार रुपैयाँबाट बढाएर २ लाख ५० हजार रुपैयाँ बनाएको थियो ।

बोर्डले निर्णय नगरेको तर सीइओले लिएका अन्य सुविधाहरुः
१, मेडिकल खर्चः ४ लाख १६ हजार ६६७ रुपैयाँ ।
२, बैंक डे खर्चः २ लाख ५० हजार रुपैयाँ ।
३, दशैं खर्चः २ लाख ५० हजार रुपैयाँ ।
४, एक महिनाको थप तलबः २ लाख ५० हजार रुपैयाँ ।
५, बोसनः ७ लाख ५० हजार रुपैयाँ ।
६, पोषाक भत्ताः १५ हजार रुपैयाँ ।
७, इन्टरनेट खर्च मासिकः ५५० रुपैयाँ ।
८, वर्क खर्चः १४ हजार १ सय रुपैयाँ ।
९, घर विदाः ९ लाख ५४ हजार १६७ रुपैयाँ ।
१०, बिरामी विदाः ४ लाख ६ हजार २५० रुपैयाँ ।
११, अन्य खर्चः १ लाख १२ हजार ९८० रुपैयाँ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ००:००  १० : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping