नेपाल पेमेन्ट सोलुसन र बीओकेबीच सहकार्य « Eglish Khabarhub

नेपाल पेमेन्ट सोलुसन र बीओकेबीच सहकार्य



काठमाडौं । नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाण्डूसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

कम्पनीका सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ तथा बैंक अफ काठमाण्डूका हेड–कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेशन अमर राजभन्डारी र अफिसर–कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेशन डिलन शाक्यले संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले बैंक अफ काठमाण्डूसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत् उपलब्ध गराएको हो ।

Publish on: