इच्छाराजको नियतै ठगी गर्ने, एकै व्यक्तिको ५ हजारदेखि १४ करोडसम्म ठगे « Eglish Khabarhub

इच्छाराजको नियतै ठगी गर्ने, एकै व्यक्तिको ५ हजारदेखि १४ करोडसम्म ठगे


७ मंसिर २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । संगठितरुपमा सहकारीका बचतकर्तालाई ठगी गरेको आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ ५१ दिनदेखि प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङको ठगीमाथि अनुसन्धान गरिरहेको छ ।


सीआइबीले यसैसाता सरकारी वकिललाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउँदै छ । तामाङले नियतनै खराब राखेर ठगी गरेको पाइएको प्रतिवेदन सीआइबीले तयार पारेको छ ।


सीआइबीले तामाङसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


सीआइबीमा १४६९ जना बचतकर्ताले ५ अर्ब ५७ करोड ८४ लाख ९८ हजार ३१४ रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उजुरी दिएका छन् । सीआइबीका प्रवक्ता श्यामकुमार महतोका अनुसार दैनिक उजुरी आउने क्रम जारी छ ।


तामाङबाट गठिनेमा सामान्य व्यक्तिदेखि उच्च ओहदामा रहेका व्यक्तिहरु पनि छन् । उनले सहकारीको पैसा आफ्ना दर्जनौं व्यक्तिगत कम्पनी खडा गरेर त्यहाँ लगानी गरी सर्वसाधारणको अर्बौं रकम दुरुपयोग गरेका थिए ।

लोभले फसे बचतकर्ता
आफ्नो बचत फसेको भन्दै निवेदन दिनेमध्ये न्यूनतम ५ हजारदेखि १४ करोड रुपैयाँसम्मका रहेको सीआइबीले जनाएको छ ।


तामाङले बचतकर्तालाई विभिन्न खाले प्रलोभनमा पारेर ठगी गरेको सीआइबीको निष्कर्ष छ । उनले शुरुशुरुमा निकै इमान्दार बनेर बचतकर्तालाई विभिन्न प्रलोभनमा पारेर निक्षेप लिएका थिए ।


तर, पछि उनको निजी व्यवसायमा संकट देखिन थाल्यो । त्यसपछि बचतकर्तालाई उच्च प्रतिफल दिने प्रलोभनमा पार्न थाले । निश्चित समयका लागि निक्षेप लिने, त्यो रकमको अवधि पुगेपछि बिचतकर्ता निक्षेप फिर्ता लिन आउँदा उसलाई विभिन्न प्रलोभन देखाउने थाले ।


तामाङले बचतकर्तालाई आफ्नो बचतको समय थप्न लगाउने र त्यसबापत अझै राम्रो प्रतिफल दिने आश्वासन देखाउन थाले । उनले कायम रहेको बचतमा अझै रकम थप्न लगाउन थाले । बचतकर्ता पनि उनको प्रलोभनमा परेर, धेरै नाफा (लाभ) लिने भन्दै बचत थप्नतर्फ लागे । उनीहरुले आफू विस्तारै ठगिने पो हो कि भन्ने हेक्का शुरुमा राखेनन् ।


जस्तैः कुनै व्यक्तिले सहकारीमा १० लाख रुपैयाँ निश्चित अवधिका लागि राख्यो, त्यो रकमको अवधि सकियो । अवधि सकिएपछि बचतकर्ता बचत फिर्ता लिन सहकारीमा पुगे । बचतकर्तालाई तामाङले तपाईले यो रकम लैजानु भयो भने सामान्य खर्चमै सकिन्छ । बरु त्यो पैसा यही सहकारीमा नै राख्नु, बरु तपाईंले ५ लाख जति थप्नु र १५ लाख रुपैयाँ पुर्याउनु । हामीले १५ लाख बचत हुनेलाई पुरस्कारको व्यवस्था गरेका छौं, त्यसमा तपाई सहभागी हुनुपर्यो ।

पैसा लगेर अन्य काममा खर्च गर्नुभन्दा सहकारीमा भयो भने ब्याज पनि पाउनुहुन्छ । पुरस्कार पनि पाउनुहुन्छ । तामाङले भनेपछि बचतकर्ता पनि मख्ख परे । त्यो बेलासम्म तामाङले बचतकर्तालाई राम्रो ब्याज दिएका थिए । केहीले त भनेको पुरस्कार पनि पाए । त्यो देखेर बचतकर्ताले १५ लाख पुर्याए । उनले त्यो रकमलाई फेरि बढाउँदै लगे । प्रलोभनमा पारेर निक्षेप निकाल्न दिएनन् । बरु अब यो पैसा यति समयपछि दोब्बर हुने वा यस्तै यस्तै भनेर समय थप्न लगाए ।


सहकारीले देखाएको प्रलोभनमा बचतकर्ता परेर पैसा थप्ने गरेको देखिएको छ । यसो गर्दा सहकारीमा पैसा धेरै जम्मा हुने गरेको देखिएको छ । यो एउटा उदाहारण मात्रै हो । यस्तो धेरै खाले प्रलोभनमा पारेर उनले एकै व्यक्तिको १४ करोड रुपैयाँसम्म ठगेको पाइएको छ ।


बचतकर्ता लोभमा लाग्दा लोभले लाभ, लाभले बिलाप भएको यो घटनाले देखाएको छ ।

तामाङको ठगी कहाँसम्म ?

तामाङले सहकारीका बचतकर्तालाई मात्रै नभएर अन्य विभिन्न क्षेत्रमा मानिसलाई पनि ठग्न भ्याएका छन् । अहिले ब्यूरोले बचतकर्ताको उजुरीको आधारमा अनुसन्धान गरेको छ । ब्यूरोले आफ्नो क्षेत्रभित्र परेका उजुरीमा मात्रै अनुसन्धान गर्ने हो । तर तामाङले बचतकर्ताका साथै निर्माण कम्पनीलाई समेत ठग्न भ्याएका छन् ।


हाउजिङ निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री सप्लाई गर्ने कम्पनीलाई समेत ठगेका छन् । सप्लायर्स कम्पनीबाट निर्माण सामग्री ल्याउने पैसा नदिने गरेर पनि धेरै कम्पनीलाई उनले ठगेका छन् ।


कतिपय व्यक्तिलाई तामाङले जग्गा दिने भनेर पैसा लिने तर जग्गा पास गरेर नदिने, घर दिने भनेर पैसा लिने तर घर पास गरेर नदिने, लिएको पैसा पनि फिर्ता नगर्ने गरेर पनि ठगेका छन् ।


तामाङको ठगीको धन्दा यतिमा मात्रै सिमिति छैन । केही ग्राहकलाई जग्गा मिलाई दिन्छु भनेर पैसा लिने, लामो समयसम्म जग्गा नदिएपछि पैसा नै फिर्ता माग्दा पैसा पनि नदिएर ठगी गरेको पीडितहरुको गुनासो रहेको छ ।


तामाङले लामो समयदेखि नियतमा नै खोट राखेर ठग्न थालेको भएपनि विगत ३ वर्षयता निक्षेपकर्ताको पैसा फिर्ता गर्न छोडेका छन् । उनले पैसा नदिने भएपछि निक्षेपकर्ताले अरु विकल्प नपाएपछि ब्यूरोको सहारा लिन पुगेका छन् । अहिले ब्यूरोले अनुसन्धान करिब अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धानले के देखाउँछ त्यो भने सबैको चासोको विषय बनेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार ००:००  ९ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping