ट्वीटरको कमाण्ड सम्हाल्दै भारतीय मूलका पराग अग्रवाल, किन छाडे डोर्सेले सीइओ पद ? « Eglish Khabarhub

ट्वीटरको कमाण्ड सम्हाल्दै भारतीय मूलका पराग अग्रवाल, किन छाडे डोर्सेले सीइओ पद ?


१४ मंसिर २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । कुनै समय यस्तो थियो ज्याक डोर्से र ट्वीटर भनेकै एक अर्काका परिपूरक हुन् । खासमा ट्वीटरलाई ट्वीटर बनाउने भूमिकामा थिए डोर्से । उनी सह–सस्थापक पनि भएकाले जिम्मेवारी बढी नै थियो ।

माइक्रोब्लगिङ साइटका रुपमा ट्वीटर आउँदै गर्दा एउटा भर्खर जन्मेको बच्चा जस्तै लाग्थ्यो । किनकी, फेसबुकले विश्व बजारलाई दपेटिरहेको बेला केहीले सौता लाग्न आएको समेत भनेका थिए ।

तिखो टिप्पणीलाई वास्ता नगरी अगाडि बढेको डोर्सेले ट्वीटर पनि सामाजिक सञ्जाल हो भन्ने स्थापित गरे । ताते ताते गर्दै हिँडाएका उनले त्यसलाई लोकप्रिय मात्रै बनाएनन् । आलोचनाको केन्द्रमा समेत रहे । गत वर्ष अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्वीटरमाथि झनै ठूलो आक्रमण भयो ।

लोकतन्त्रको राम्रै गफ दिने तत्कालनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा ट्वीटर पर्यो । ट्वीटरले गरेको निर्णयलाई तत्काल सकारात्मक प्रक्रिया आएपनि व्यक्तिगत टिप्पणीमाथि अनाधिकृत हस्तक्षेप गरिएको भन्दै आलोचना पनि भयो ।

ह्वाइट हाउसमा गरिएको हंगामा तथा ट्रम्पको अराजक व्यवहारका कारण आजित भएर ट्वीटरले संसारकै शक्तिशाली व्यक्तिको समेत अकाउण्ट डिलेट गरिदिएको थियो ।

सन् २००६ मा स्थापना भएको ट्वीटरको बजार पूँजीकरण ३६.६०६ विलियन डलर बराबर छ । उनले कम्पनी स्थापनाका लागि गरेको मेहनत तथा लगावलाई धेरैले प्रसशा समेत गरेका छन् ।

तर, उनले केही समय पहिले एक्कासी घोषणा गरे कि अब म ट्वीटरको कार्यकारी जिम्मेवारीबाट विदा लिँदै छु ।

मंगलबारको बजारका आधारमा हेर्दा उनको ११.८ विलियन डलर बराबरको सम्पत्ति छ । ४५ वर्षका डोर्से हालसम्म अविवाहित छन् । सान फ्रान्सिस्कोका स्थायी बासिन्दा डोर्से अमेरिकामा ४० वर्ष भन्दा कम उमरमै धनी बन्ने केही मानिस मध्येका एक हुन् ।

प्रविधिको क्षेत्रबाट धनाढ्य बन्न सफल उनको ट्वीटरमा मात्रै ८८ प्रतिशत बराबरको सेयर हिस्सा रहेको थियो । धेरै सेयर हिस्सा रहेको भएपनि उनले ट्वीटरको प्रमुख भूमिका छाड्ने निर्णय गर्दै गर्दा भनेका थिए ‘ मेरा लागि यो पद छाड्ने उपयुक्त समय हो । कम्पनी अब अगाडि बढ्न सक्छ ।’ उनी ट्वीटर र भुक्तानी कम्पनी स्क्वायरमा प्रमुख कार्यकारी अधिकृतका समेत हुन् ।

उनले भनेका थिए, अब म नयाँलाई जिम्मेवारी दिँदैछु । उनले आफूपछि आउने व्यक्तिमा पूर्णविश्वास रहेको भन्दै प्रसंशा समेत गरेका थिए । सीप, मुटु र आत्माका लागि कृतज्ञता व्यक्त गर्दै उनले कम्पनीलाई अघि बढाउने समय आएको बताएका थिए ।

उनले प्रमुख प्राविधिक अधिकृत पराग अग्रवाललाई प्रमुख कार्यकारी अधिकृत बनाउने घोषणा गर्दा केही अमेरिकनले आश्चर्य समेत मानेका थिए ।

भारतीय मूलको मानिसलाई ट्वीटरको जिम्मा ? उनीहरुको यस्तै सवाल थियो । अग्रवाल सन् २०११ मा मात्रे ट्वीटर पुगेका थिए । सिलिकन भ्यालीको प्रविधिमा भारतीय मूलका मानिसहरुको उपस्थिती पछिल्ला दिनमा बढ्दै जाँदा परागका लागि पनि त्यो एउटा अवसर नै थियो । त्यसो त रंगेभेदको विषयलाई लिएर पनि अग्रवालको आलोचना भएको छ ।

सन् २०१७ देखि प्रविधि प्रमुख रहँदै आएका अग्रवाललाई दिइएको जिम्मा पनि आफैमा एउटा महत्वपूर्ण कदम थियो । डोर्सेका सम्बन्धमा केही वर्षदेखि भइरहेको चर्को आलोचनालाई पनि कम गर्न चालिएको रणनीतिक कदम थियो भन्दा पनि फरक पर्दैन अग्रवालको नियुक्ति ।

सिलिकन भ्यालीमा ३७ वर्षीय भारतीय आप्रवासी अग्रवालले ट्वीटरको कमाण्ड समल्न लागेका छन् । फेसबुकका मार्क जुगरवर्ग, टेस्लाका एलन मस्क जस्ता सधै चर्चामा रहने हस्तीको हाराहारीमा डोर्सेको उत्तराधिकारीका रुपमा देखिएका अग्रवाल राजनीतिक आलोचनाको समेत केन्द्रमा रहने ट्वीटरलाई अब कसरी अगाडि लैजालान् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

तालीवानी र इस्लामिक स्टेटका अकाउण्टलाई केही नगरेको, मलाई मात्रै दुःख दिइएको भनेर ट्रम्पले गर्ने टिप्पणी, अनि नरेन्द्र मोदीलाई प्रश्रय दिएर राहलु गान्धीको ट्वीटलाई लुकाइदिएको आरोपका बीचमा अग्रवालले गर्ने काम समग्र भारतीय र दक्षिण एशियाका मानिसका लागि समेत चासोको विषय बन्न सक्छ ।

उच्च कोटीको तर सधै विवादै विवादको केन्द्रमा रहने भएकाले पनि प्रविधिको क्षेत्रमा ट्वीटरको आफ्नै स्थान छ । धेरै मिडियाको आँखा पर्ने र सामान्य विषय समेत समाचारमा आाउने केही ब्राण्ड मध्येको एक भएकाले पनि सन्तुलनको हिसाबले अग्रवालको कमाण्ड त्यत्ति सहज नभएको टिप्पणी पनि यसबीचमा आएको छ । तर, अग्रवालले आफनो नयाँ जिम्मेवारीका बारेमा आउने चुनौतीका बारेमा हालसम्म मुख भने खोलीसकेका छैनन् ।

वालस्ट्रिटले इन्टरनेटको युग अब खासमा मेटाभर्सतर्फ अगाडि बढीरहेको बेला ट्वीटरको कमाण्ड सम्हाल्न आइपुगेका अग्रवाल नै खास रोजाइको पात्रको रुपमा लिएको छ ।

लगानीकर्ताले पनि उनलाई रुचाएको देखिन्छ । सेयर बजारमा पनि त्यसको प्रभाव परेको छ । ट््वीटरका लगानीकर्ता समेत रहेको एलियट म्यानजेमेन्ट कर्पले डोर्सेलाई नरुचाएपछि राजीनामा दिएको भन्नेहरु पनि छन् ।

सोमबार जारी गरिएको एक विवरणअनुसार अग्रवाल र सञ्चालक प्रमुख ब्रेट टेलर आफूहरुका लागि महत्वपूर्ण छनौट भएको उल्लेख छ । टेलर सेल्सफोर्सका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत समेत हुन् ।

अल्फाबेटका सुन्दर पिचाई, माइक्रोसफ्टका सत्या नाडाला र आइबीएमका अरविन्द कृष्णभन्दा अगाडि बढेर अग्रवाल प्रमुख कार्यकारी अधिकृत त्यो पनि कम उमरेमा नै भएका छन् ।

झण्डै ५ हजार ५०० बढी कर्मचारीको कमाण्डदेखि व्यापार वृद्धिमा समेत अग्रवालले खास काम गर्नुपर्ने छ । ठूला प्रविधि कम्पनीमा भारतीय मूलका अमेरिकीको प्रवेश पनि अर्को चासो र चर्चाको विषय बनेको छ ।

तर, उनले सन् २०११ मा गरेको एउटा ट्वीटको उत्खनन् गर्दै यतिबेला अग्रवालमाथि निशाना साध्न पनि थालिएको छ ।

दैनिक २० करोड बराबर रहेको सक्रिय प्रयोगकर्ता बढाउने दायित्व पनि उत्तिकै छ । टीकटकले विश्वबजार पिटिरहेको छ । फेसबुक, युट्यूव, गुगलको उत्तिकै जवरजस्त हस्तक्षेप छ । राजनीतिक, कलाकार, पत्रकार तथा चर्चित मानिसहरुको तथ्यांक सुरक्षा र उनीहरुको चासो समेत ट्वीटरमा नै जोडिएर आउँछ ।

यस्तै सामाजिक र राजनीतिक मुद्दा कही बढी चर्कन्छ भने त्यो ट्वीटरमा नै हो । गलत सन्देश, नक्कली समाचार तथा दुव्र्यवहार पनि त्यसैमा जोडिएर आउँछ । त्यसको व्यवस्थापन उनले कसरी गर्लान् त्यो पनि आगामी दिनमा नै स्पष्ट हुनेछ ।

डोर्सेमा ३ साथी मिलेर बनाएको साम्राज्यमा अब अग्रवालले गोल गर्नुपर्ने भन्दै भारतीय सञ्चारमाध्यमले उनको प्रशंसा गरिरहेका छन् ।

संसारका उच्च ५०० कम्पनीमध्ये सबैभन्दा कम उमेरका प्रुमख कार्यकारी अधिकृत बन्न पाएका छ न् उनले । आइआइटी बाम्बेमा पढेका उनी स्ट्यानफोर्ड विश्वविदायका निर्देशक समेत हुन् । सोही विश्वविद्यालयबाट उनले विद्यावारिधी समेत गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार ००:००  ५ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping