ग्राउण्डेड चिनियाँ विमान फेरि उडान गर्ने तयारी « Eglish Khabarhub

ग्राउण्डेड चिनियाँ विमान फेरि उडान गर्ने तयारी


१५ मंसिर २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउण्डेड चिनियाँ विमान फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । निगमले ग्राउण्डेड भएका चिनियाँ विमानमध्ये सञ्चालन गर्न मिल्ने विमान फेरि सञ्चालनका लागि अध्ययन शुरु गरेको हाे ।

निगमका अध्यक्ष युवराज अधिकारीले कुन-कुन विमान सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन शुरु गरिएको बताए ।

‘अहिले सबै चिनियाँ विमान ग्राउण्डेड छन्, अब त्यसमध्ये केही विमान सञ्चालन गर्न सकिन्छ कि भन्ने हिसाबमा अध्ययन शुरु भएको छ, सञ्चालन हुन सक्ने विमान बिक्री नहुने समयसम्मका लागि उडान गर्ने तयारी गरेका छौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार हाल एमए६० एउटा र वाई१२ दुई वटा विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनमा देखिएको छ ।

अधिकारीका अनुसार चिनियाँ विमान उडान अघि मर्मत तथा अन्य शीर्षकमा करिब १‍‍.३ मिलियन डलर अर्थात् १५ करोड ५६ लाख रुपैयाँ खर्च हुने आकलन गरिएको छ । साथै, चिनियाँ पक्षसँग पनि कुरा गर्ने तयारी भइरहेको उनले बताए ।

चिनियाँ विमान उडान गर्नका लागि केही प्राविधिक समस्या छन् । समयमै स्पेयरपार्टस नआउने, पाइलटको तालिम, जनशक्तिलगायतका विषयमा पनि छलफल भइरहेको उनकाे भनाइ छ । यसका लागि चिनियाँ पक्षसँग पनि यसबारेमा कुराकानी अगाडि बढाउने तयारी भइरहेको अधिकारीको भनाइ छ ।

यद्यपि चिनियाँ विमान बिक्री गर्ने वा लिजमा दिने अहिलेको योजनालाई पनि यथावत नै राख्ने पनि उनले जानकारी दिए ।

‘बिक्री र लिजको प्रक्रिया नटुंगिदासम्म उडान सञ्चालन गर्न सकिन्छ भने उडान गर्ने गरी योजना अगाडि बढाइएको छ,’ उनले भने ।

९ अर्ब घाटाभएपछि बन्द गरिएको थियो
निगमले गत साउन १६ गतेदेखि ६ वटा चिनियाँ विमानको व्यवसायिक उडान बन्द गर्ने निर्णय गरेको थियो । विमान खरिद गर्दा भएको ६ अर्ब ६० करोड रुपैयाँ र त्यसपछि २ अर्ब ३० करोड रुपैयाँ गरी ९ अर्ब ९० करोड घाटा भएको भन्दै निगमले चिनियाँ विमानको उडान बन्द गर्ने निर्णय गरेको थियो ।

यसका लागि तत्कालीन समयमा निगमले विभिन्न ९ वटा कारण देखाएको थियो ।

चीन सरकारको सहयोगमा प्राप्त भएका २ वटा विमान एमए ६० र वाई १२ र सहुलियतपूर्ण कर्जामा प्राप्त बाँकी ४ वटा विमान एउटा एमए ६० र ३ वटा वाई १२ ल्याएदेखि निगमले घाटा व्यहोरिरहेको छ ।

निगमका अनुसार आर्थिक वर्ष २०७१र७२ देखि आव २०७४र७५ सम्म ६ वटा चिनियाँ विमानबाट हालसम्म १ अर्ब ९० करोड रुपैयाँ घाटा भएको छ । त्यसैगरी आव २०७५र७६ सम्म थप ४३ करोड रुपैयाँ घाटा गरी कुल २ अर्ब ३३ करोड रुपैयाँ निगमलाई घाटा भइसकेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०७४र७५ मा २ वटा आर्थिक वर्ष २०७३र७४ र २०७४र७५ मा मात्रै ९१ करोड ४५ लाख ६५ हजार ८२ रुपैयाँ निगमलाई खुद नोक्सानी भइसकेको छ । निगमले ठूलो घाटा भइसकेपछि मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनु पर्ने समेत उल्लेख गरेको छ ।

बोर्डले प्राप्त सुझावलाई समेत ध्यानमा राख्दै यी विमान सञ्चालनका लागि मोलालिडी तयार गर्न वा अन्य उपयुक्त व्यवस्था गर्न विभिन्न समसयमा ७/८ वटा टास्क फोर्स समेत गठन गरेको थियो । हालसम्म सञ्चालक समितिका २० वटा बैठकमा तमाम प्रयासपछि पनि विमान सञ्चालन गरी मुनाफा आर्जन गर्न नसकिने निश्कर्ष निकालेको थियो ।

चिनियाँ विमानहरु सञ्चालनको प्रयास गर्दा मात्रै पनि बीमा शुल्क, क्रु मेम्बरका लागि हुने खर्च तथा पिरियडिक मेन्टिनेन्स फर एयर वर्थिनेस खर्च मात्र गरी वार्षिक ५० करोडभन्दा बढी खुद घाटा हुने देखिएको थियो ।

निगमका अनुसार आगामी साउन १५ गतेदेखि विमानको व्यवसायी उडान बन्द गर्ने, लविमान मर्मत गर्ने लाइसेन्स भएका इन्जिनियरङलाई सो वापतको भत्ता उपलब्ध नगराउने र यी विमान सञ्चालन गर्न करारमा नियुक्त पाइलटहरुको करार नविकरण नगर्ने निर्णय गरी उपयुक्त निकास खोज्ने निर्णय गरिएको छ ।

हाल ६ वटा चिनियाँ विमानमध्ये एमए६० ग्राउन्डेड छ भने अर्को सञ्चालनमा छ । त्यसैगरी ४ वटा वाई१२ मध्ये ३ वटा ग्राउन्डेड छ भने एउटा नेपालगञ्जमा पूर्णरुपमा क्षतिग्रस्त भइ चल्न सक्ने अवस्थामा छैन् ।

यसका अतिरिक्त चिनियाँ विमान विस्थापन गर्दा अबरुद्ध हुने आन्तरिक उडालाई सूचारु गर्न इन्टिग्रेटेड डोमेस्टिक विजनेस प्लान विथ रिप्लेसमेन्ट प्लान अन्तर्गत एमए ६० र वाई १२ विमान प्रतिवेदन तयार गरी लागू गर्ने समेत निर्णय निगमले गरेको छ ।

निगमले तत्कालीन समयमा यी ८ वटा कारण देखाएको थियो
१) चिनियाँ विमानको बीमा रकम अन्य विमानको तुलनामा ३५ प्रतिशत बढी छ ।

२) चिनियाँ विमानका लागि पाइलट उपलब्ध नभएको तथा आफैले उत्पादन गर्नु परेको छ जुन निगमसँग हाल सञ्चालनमा रहेका एयरबस ३२० को तुलनामा महंगो छ ।

३) विमानको स्पेयर पार्टस समेत समान क्षमताका अन्य विमानको तुलनामा ७५ प्रतिशत महंगो छ ।

४) विमान ग्राउन्डेड भइसकेपछि स्पेयर पार्टस अर्डर गर्दा अत्यधिक समय लाग्ने गरेको साथै कतिपय अवस्थामा अर्डर गरेको पार्टस २ महिनासम्म पनि प्राप्त नभएको अवस्था छ ।

५) स्टोल रुटमा प्रस्तावित विमानको तुलनामा २५ देखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन छ ।

६) दुबै विमानको पाइलट अभाव रहेको तथा प्रशिक्षण खर्च अन्य समान विमानको तुलनामा ४ गुणा बढी छ ।

७) एमए६० सिमेलुटर तालिम खर्च अन्य विमानको तुलनामा ७५ प्रतिशत बढी र टाइप रेटिङ तालिम खर्च ३० प्रतिशत बढी छ ।

८) एमए६० विमानको इन्धन खर्च अन्य समान प्रकृतिको विमानको तुलनामा दोब्बर र वाई१२ विमानको ५० प्रतिशतले बढी छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार ००:००  १ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping