लकडाउन मोबाइल व्यवसायीका लागि ‘हनिमुन पिरियड’, १५ वर्षकै उच्च व्यापार « Eglish Khabarhub

लकडाउन मोबाइल व्यवसायीका लागि ‘हनिमुन पिरियड’, १५ वर्षकै उच्च व्यापार


१५ मंसिर २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमण रोक्न भन्दै नेपालमा पनि महिनौं लकडाउन भयो । लामो लकडाउनका कारण उद्योग व्यवसायमा नराम्रोसँग क्षति पुग्यो ।

लकडाउनले अर्थतन्त्रका सबै क्षेत्रमा नकारात्मक असर गरे पनि केही त्यस्ता क्षेत्र छन् जसको लागि व्यवसायको अवसर बनेको छ ।

त्यसमध्येको एक हो- मोबाइल व्यवसाय ।

व्यवसायीहरुले पछिल्लो दुई वर्षको समयलाई मोबाइल व्यवसायको ‘गोल्डेन टाइम’का रुपमा लिएका छन् ।

१५ वर्षमा सबैभन्दा राम्रो व्यापार लकडाउनमा भएको मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले बताए । नेपालमा पछिल्लो १५ वर्षदेखि औपचारिकरुपमा मोबाइल व्यवसाय शुरु भएको मानिन्छ ।

उनले यो समयलाई नेपाली मोबाइल व्यवसायीको ‘हनिमुन पिरियड’ भएको बताए ।

‘मोबाइल व्यवसायीका लागि यो २ वर्ष ‘हनिमुन पिरियड’ हो,’ नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अग्रवालले भने, ‘१५ वर्षको इतिहासमा यति राम्रो व्यापार कहिले भएको थिएन ।’

मुलुकमा पछिल्लो दुई वर्षमा भएको मोबाइल आयात हेर्ने हो भने उनको भनाइलाई पुष्टि गर्छ । यो समयमा अहिलेसम्मकै उच्च आयात भएको छ ।

मुलुकमा २०७६ चैत ११ गते पहिलो लकडाउन शुरु भएको थियो । उक्त आर्थिक वर्षमा अर्थात् २०७५÷७६ मा नेपालमा १९ अर्ब २७ करोड ६९ लाख ९७ हजार रुपायाँ बराबरको मोबाइल आयात भएको थियो ।

उक्त वर्षको अन्तिम चार महिना लकडाउन भयो । लकडाउन भएको शुरुको दुई तीन महिना भने मोबाइल आयात कठिनाइ भोग्नु पर्यो । जसले गर्दा मुलुकभर मोबाइल अभाव भयो ।

‘त्यो बेला अनलाइन कक्षा र अन्य कारणले मोबाइलको माग उच्च थियो,’ मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्रा भन्छन्, ‘हामीले सरकारसँग छलफल गरेर आयातलाई सहज बनाएका थियौं ।’

यसले आर्थिक २०७६/७७ मा मोबाइल फोनको आयात १८ अर्ब १७ करोड ७४ लाख ६८ हजारको भयो ।

पहिलो लकडाउन शुरु भएसँगै त्यसपछि विभिन्न चरणमा लकडाउन भए । त्यसले गर्दा स्कुल कलेज बन्द हुन पुगे । विभिन्न कार्यालयहरु घरबाट सञ्चालन हुन थाले । अनलाइनको व्यापार पनि बढ्यो ।

यी सबै क्षेत्रमा सबैभन्दा ठूलो माग मोबाइल फोनकै भयो । विद्यार्थीको कक्षा सञ्चालनदेखि लकडाउनमा थुनिएका मानिसको समय बिताउने माध्यम मोबाइल फोन भयो ।

यसले गर्दा आर्थिक वर्ष २०७७/७८ मा मोबाइल फोनको माग ह्वात्तै बढ्यो । उक्त वर्ष ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजारको आयात भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा १०३ प्रतिशतले बढी हो ।

भन्सार विभागको चालु आर्थिक वर्षको तथ्यांकअनुसार पछिल्लो चार महिनामा मात्रै २० अर्ब ३५ करोड रुपैयाँको मोबाइल ह्यान्डसेट आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८० प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा १४ अर्ब १५ करोड रुपैयाँको मोबाइल ह्यान्डसेट आयात भएको थियो ।

दुई वर्ष मोबाइल व्यवसायका लागि ‘गोल्डेन टाइम’ भए पनि अब त्यो समय नरहेको उनले बताए । कोरोना संक्रमण कम हुँदै जनजीवन सामान्य अवस्थामा फर्किसकेकाले मोबाइल व्यवसाय पनि पुरानै अवस्था फर्किसकेको उनको भनाइ छ ।

‘लकडाउन अघि नेपालको मोबाइल व्यवसाय जस्तो थियो, त्यस्तै अवस्थामा फर्किका छौं,’ अग्रवालले भने, ‘पहिले जसरी काम गरौं ।’

मोबाइल व्यापार मुलुकको सबैभन्दा धेरै राजश्व संकलन गर्ने क्षेत्रको रुपमा अगाडि आएको छ । वार्षिक झन्डै ४० अर्बको मोबाइल आयात हुँदा राज्यले ६ अर्बको राजश्व संकलन गरेको छ भने यसले स्थानीय व्यापारबाट पनि राजश्वमा सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार ००:००  ४ : ५९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping