![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Gold.jpg)
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुनको मूल्य स्थिर रही ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १५ रुपैयाँ घटेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS