![](https://internal.appharu.com/wp-content/uploads/2021/04/lockdown-22.jpg)
काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले जीम हल तथा सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिए ।
उनले बढी भिड हुने क्षेत्रहरु माघ १५ गतेसम्मका लागि बन्द गर्न लागेको जानकारी दिए । उनका अनुसार दोहोरी साँझ, नाचघर, डान्सबार, स्वीमिङ पुल, हाट बजारलगायतका स्थान बन्द हुनेछन् ।
साथै माघ मसान्तसम्म आमसभा, जुलुस पनि गर्न पाइने छैन भने माघ ७ गतेपनि गोष्ठी सञ्चालन गर्दा सकेसम्म भर्चुअल रुपमा गर्ने र भौतिक उपस्थितीमा गर्नुपर्ने भएमा पूर्णरुपमा खोप लगाएको कार्ड अनिवार्य गर्नुपर्नेछ ।
साथै माघ मसान्तसम्म मठ मन्दिरलगायतका धार्मिक स्थलमा नित्य पूजा र ध्यान मात्रै गर्न पाइनेछ । सपिङ मलमा पनि एक पटकमा बढीमा २५ जना मात्रै प्रवेश गर्न पाइनेछ ।
SHARE YOUR THOUGHTS