जाँचबुझ आयोगमा रेवतबहादुर कार्कीको बयानः सेबोनमा रहँदा अध्यक्ष ढुंगानाले गैरकानूनी काम गरे « Eglish Khabarhub

जाँचबुझ आयोगमा रेवतबहादुर कार्कीको बयानः सेबोनमा रहँदा अध्यक्ष ढुंगानाले गैरकानूनी काम गरे


१६ माघ २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अमेरीका बस्ने छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको सेयर ओटीसीमा मार्केटमा किनेको प्रमाणित भएपछि सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई सरकारले बर्खास्त गरिसकेको छ ।

सरकारले ढुंगानामाथि लागेका आरोपबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेकोसंयोजकत्वमा प्रा.डा. नारायणप्रसाद पौडेल र अर्जुनकुमार खड्का सदस्य रहेको ३ सदस्यीय कमिटी गठन गरेकोथियो । उक्त समितिले गत असोज १ गते छानबिन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ ।

प्रतिवेदनमा ढुंगाना दोषी रहेको निष्कर्षसहित कारबाही गर्न सिफारिससमेत गरिएको छ ।

आयोगले आफ्नो प्रतिवेदन तयार पार्ने क्रममा विभिन्न व्यक्तिहरुसँग बयान लिएको थियो । यसै क्रममा बोर्डका निवर्तमान अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग पनि बयान लिएको थियो । बयाका क्रममा कार्कीले सेबोन अध्यक्ष पदमा रहँदा ढुंगानाले गैरजिम्मेवारीपूर्ण र गैरकानूनी काम गरेको बताएका छन् ।

रेवत बहादुर कार्कीले आयोगमा दिएको बयान जस्ताको त्यस्तै

धितोपत्र बजारका ५३८ वटा सहभागी संस्थाहरुलाई नियमन गर्ने विशिष्ट नियामक निकाय हो धितोपत्र बोर्ड । यस्तो संस्था अर्थात् नियामक निकायका प्रमुख तथा अन्य जुन शक्ति जसले यी सबै संस्थाहरुमा सुशासन कायम गर्ने । नियमन गर्ने मुख्य जिम्मेवारी लिएको छ, त्यो उच्च नैतिकता र सुशासन आचरणको हुन आवश्यक छ । हालसम्म नियामक निकायका उच्च अधिकारीहरुको काम कारबाहीबारे सुशासन र नैतिकताको हिसाबले गर्न नहुने काम गरेको कुरा मिडियामा आउनु दुःखद घटना हो ।

बजारमा सहभागीलाई सुशासन गराउनुको साटो संस्थाका पदाधिकारीहरु नै अनैतिक, स्वार्थ बाझिने काम र बजार विकासका लागि बाधा पर्ने काम गर्नुका साथै बजारलाई हानी गर्ने काम गरेको कुरा पुँजी बजारको नियामकको उच्च अधिकारीको संलग्नता हुनु भनेको अबाञ्छनीय तथा गैरकानूनी कार्य हो । साथै, केही समय अगाडि धितोपत्र बोर्डले आफ्नो अधिकार क्षेत्रलाई वेवास्ता गरी ५१ वटा सूचिकृत कम्पनीको कारोबार नहुने संकेत गरी जोखिमयुक्त भनी जोखिमको सूची प्रकाशित गर्नु कार्यक्षेत्र बाहिरको कुराले गैरकानूनी र गैरजिम्मेवारीपूर्ण काम भएको छ ।

सर्वोत्तम सिमेन्टको सम्बन्धमा जुन घटना भएको छ, त्यो पनि निन्दनीय र गैरकानूनी कार्य हो । जुन कम्पनीको बुक बुक बिल्डिङमार्फत् मूल्य निर्धारणका लागि धितोपत्र बोर्डमा निवेदन दिने र रातारात हतारहतारमा बोर्डका उच्च पदाधिकारीले आफ्नो परिवारका नाममा त्यही सिमेन्ट कम्पनीको सेयर ओटीसी कारोबार वा नामसारी हुनु अत्यत्नै निन्दनीय कार्य हो ।

बुक बिल्डिङ सम्बन्धी निर्देशिका २०७७ लागू भई पब्लिक कम्पनीहरुले स्वतन्त्र मूल्यमा सार्वजनिक निष्काशन गर्न शुरु नगर्दै सर्बोत्तम सिमेन्टको पछिल्लो पटक बुक बिल्डिङविधिबाट आइपीओ निष्काशन गर्ने कार्य औपचारिकरुपमा शुरु नहुँदै बजारमा नियामक निकाय प्रमुख र बजार सञ्चालनको संस्था प्रमुख भविष्यमा स्वतन्त्र मूल्यमा निष्काशन हुने सेयर ठूलो हिस्सा खरिद गरेको भन्ने समाचार प्रकाशन हुनु नै निकै दुखदायी विषय हुने नै भयो ।

यदि नजिकको नातेदारको नियमन नियमन निकायको पदाधिकारीबाट कुनै किसिमको जानकारी पाई सम्बन्धित विषय वस्तु तथा तत्कालीन सम्बन्धित गतिविधि समेतका आधारमा खरिद गरेको भएमा भित्रि सूचनाको आधारमा सेयर कारोबार भएको भन्न सकिन्छ । आम लगानीकर्ताको हितको सम्वर्धनप्रति जिम्मेवारी एवं उत्तरदायिपूर्ण भूमिका खेल्न नसकेकोप्रति दुविधा हुनुपर्ने कुनै कारण देखिँदैन ।

के हो सर्बोत्तम प्रकरण ?

बुक बिल्डिङ प्रणालीमार्फत् सर्बोत्तम सिमेन्टले सार्वजनिक सेयर निष्काश (आइपीओ) जारी गर्ने प्रक्रियामा थियो । सर्बोत्तम सिमेन्टले सर्वसाधारणलाई प्रतिकित्ता ७५० रुपैयाँका दरले आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि गरेको थियो । तर, सर्वसाधारणलाई प्रतिकित्ता ७५० रुपैयाँमा लिने घोषणा गरेको सर्बोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले १० हजार कित्ता सेयर प्रतिकित्ता २५० रुपैयाँका दरले किनेकी थिइन् ।

रेबिकाले सेयर किनेपछि सर्बोत्तमले बोनस सेयर दिएको थियो । अहिले रेबिकासँग सर्बोत्तमको ११ हजार ९१२ कित्ता सेयर छ ।

छोरीका नाममा सेयर किनेको फेला परेपछि बोर्ड अध्यक्ष ढुंगानाकी विवादमा परेका थिए ।

साधारणसभाबाट निर्णय भई ७५० रुपैयाँका दरले बिक्री गर्न खोजिएको सेयर सेयरधनी शिखा अग्रवालबाट रेविकाले २५० रुपैयाँका दरले भित्रीरुपमा किनेको भेटिएपछि जाँचबुझ समितिले त्यसमाथि गम्भीरतापूर्वक छानविन गरेको थियो ।

आयोगसँगको बयानमा शिखा अग्रवालले आफूले राजिखुसीमा सेयर बेचेको बताए पनि आयोगले उनको जवाफ चित्तबुझ्दो नभएको जनाएको छ ।

सर्वोत्तमलाई बुकबिल्डिङ विधिबाट शेयर बिक्रीको नीतिगत एवं अन्य सहयोगका लागि ढुंगानाले सहजीकरण गरेका थिए । धितोपत्र बोर्डले २२ साउन २०७७ मा बुकबिल्डिङ विधिबाट सेयर निष्काशन अनुमति दियो भने ०७७ माघ ६ गते सम्पन्न सर्बोत्तमको विशेष साधारणसभाले ७५० रुपैयाँ मूल्य कायम गरेको थियो । त्यसको केही दिनपछि अर्थात् ११ माघदेखि १४ माघसम्ममा शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, मधुजा ढुंगाना र रोशन ढुंगानाका नाममा पनि थप ५र५ हजार कित्ता सेयर किनेको भेटिएको छ । उनीहरु भिष्मराजका नातेदार हुनसक्ने भन्दै समितिले थप छानबिन गर्न सिफारिस गरेको छ ।

‘धितोपत्र सम्बन्धीभित्री सूचनाको दुरुपयोग गरी फाइदा लिने काम गरेको र आफ्नै सहोदर छोरीले उक्त क्रममा संलग्न हुनुले बोर्ड अध्यक्षले आफ्नो पदीय गरिमा र सूचनाको गोपनीयता कायम गर्न सकेको देखिएन,’ जाँचबुझ आयोगको प्रतिवेदनमा भनिएको छ ।

शुरुमा ढुंगानाले छोरीले सेयर किनेको विषय आफूले थाहा नपाएको दाबी गरे पनि अलिपछि भने आफ्नो इन्भेष्टमेन्ट बैंकको खाताबाट छोरीको लक्ष्मी बैंकको खातामा चेकका माध्यमबाट १५ लाख रुपैयाँ जम्मा गरिदिएको स्वीकार गरेका थिए ।

‘मेरो छोरी विवाहित हो, मलाई नसोधी किन्न पाउछे,’ आयोगसँगको बयानमा उनले बयानमा भनेका छन्, ‘कारोबार भएको रहेछ भने पनि छोरीले नेपालको कानूनअनुसार किन्न पाउँछ ।’

तर, अमेरिकामा रहेकी छोरीको खाताबाट कसरी शिखा अग्रवालको खातामा रकम जम्मा भयो ? अहिलेसम्म खुल्न सकेको छैन ।

‘विवाहितरअविवाहित जस्तो भएपनि आफ्नो बाबु नियामक निकायको कार्यकारी प्रमुख रहेको अवस्थामा निजको छोरीले विवादित रुपमा सेयर खरिद गर्नु शंकास्पद हो’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ, अतः छोरीको नाममा स्वयं ढुंगानाले खरिद गरेको अनुमान गर्न सकिन्छ ।’

अदालतले अन्तरिम आदेश दिएन

सरकारले आफूमाथि अन्याय गरेको भन्दै ढुंगाना न्याय माग्दै अदालतको शरणमा पुगेका छन् । पदबाट बर्खास्त गर्नेसरकारको निर्णयविरुद्ध अदालतको ढोका ढक्ढक्याउन पुगेका ढुंगानाको रिटमा सर्बोच्च अदालतका न्यायाधीशतेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गर्यो ।यसको अर्थ बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न कुनै पनि बाधा पुगेन ।

सरकारले ढुंगानालाई बर्खास्तमात्रै गर्यो, अरु कारबाही गरेन

जाँचबुझ आयोगले ढुंगानामाथि थप छानविन गरी कारबाहीका लागि सिफारिस गरेर प्रतिवेदन बुझाएको ४ महिना वितिसक्दा पनि सरकारले बर्खास्तबाहेक अन्य कारबाही गर्न सकेको छैन । न त सरकारले ढुंगानाको ठाउँमा अरु कसैलाई नियुक्त नै गर्न सकेको छ । यद्यपि ढुंगानामाथि अख्तियारले भने अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार ००:००  ३ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping