![](https://internal.appharu.com/wp-content/uploads/2022/02/bank-768x443.gif)
काठमाडौं । निक्षेपभन्दा कर्जा बढी बढाउने क्रमलाई बैंकहरुले माघ महिनामा समेत निरन्तरता दिएका छन् ।
वाणिज्य बैंकहरुको स्वदेशी मुद्रामा पुस मसान्तसम्म ४२ खर्ब २७ अर्ब निक्षेप थियो भने कर्जा ४० खर्ब ३७ अर्ब थियो ।
माघ महिनाको तीन साता बैंकहरुले ४२ खर्ब १५ अर्ब निक्षेप रहेको छ भने कर्जा ४० खर्ब ६५ अर्ब रहेको छ । तीन सातामा बैंकहरुले स्वदेशी मुद्रामा १२ अर्बले निक्षेप घट्दा २४ अर्बले ऋण बढाएका हुन् ।
विदेशी मुद्रामा निक्षेप तथा कर्जा भने घटेको छ । जसको कारण पुसको अन्तिम साताभन्दा माघको तेस्रो साता कर्जाको आकार घटेको देखिन्छ । बैंकहरुसँग अहिले विदेशी मुद्रामा ९६ अर्ब निक्षेप छ भने कर्जा ८८ अर्ब छ । पुसको अन्तिम साता विदेशी मुद्रामा बैंकसँग ९७ अर्ब निक्षेप थियो भन कर्जा १ खर्ब ६ अर्ब थियो ।
SHARE YOUR THOUGHTS