![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Gold.jpg)
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार ९५ हजार रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा आइतबार १३ सय रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS