एक वर्षमा १० अर्बका पोलिसी सरेण्डर, बीमितले किन दिँदैनन निरन्तरता « Eglish Khabarhub

एक वर्षमा १० अर्बका पोलिसी सरेण्डर, बीमितले किन दिँदैनन निरन्तरता


१७ फाल्गुन २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको छ । देशभरमा सक्रिय जीवन बीमालेखको संख्या १ करोड नाघेकोछ ।

तर, जीवन बीमाको दायरामा आएको जनसंख्या बढिरहँदा बीमालेख सरेण्डर गर्ने बीमितको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।

बीमा समितिका अनुसार गत आवमा मात्रै करिब १० अर्ब रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा बीमालेख सरेण्डर भए । गत माघ महिनामा मात्रै १९ वटा जीवन बीमा कम्पनीका करिब ५ हजार बीमालेख समर्पण भएका छन् ।

भविष्यमा भैपरी रुपमा पर्न सक्ने जोखिमलाई कम गर्न तथा बचतका लागि समेत बीमालेख खरिद गरिन्छ । जीवन बीमालाई जोखिम कम गराउने वा व्यवस्थापन गर्ने एउटा उपायका रुपमा समेत लिइन्छ ।

भविष्यमा आइपर्ने सक्ने जोखिमलाई व्यवस्थापन गर्ने सोचका साथ बीमितले बीमा पोलिसी खरिद गर्छन् । तर, कतिपय बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र बीचमै सरेण्डरको बाटो रोज्छन् ।

बीमालेख खरिद गर्नुपूर्व आफूले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था सिर्जना हुने विज्ञहरुको भनाइ छ ।

विज्ञका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरुमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्री गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई नवीरकण गर्न नसक्ने उनीहरुको तर्क छ । नवीकरण गर्न नसकेपछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्ने उनीहरुको भनाइ छ ।

कानून अनुसार नै बीमितलाई आफ्नो बीमालेख समर्पण गर्न पाउने व्यवस्था छ । कानून अनुसार जीवन बीमालेख खरिद गरेका बीमितले बीमालेख प्रारम्भ भएको मितिले तीन वर्षसम्मको किस्ता तिरेपछि आफ्नो बीमालेख समर्पण गर्न सक्छन् ।

जसले गर्दा पनि पोलिसी सरेण्डरको दर बढी देखिएको उनीहरुको भनाइ छ । जानकारहरुका अनुसार पोलिसी सरेण्डर गर्ने व्यवस्था नेपालमा मात्र नभई विश्वका सबैजसो देशमा छ ।

बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफ्नो आम्दानीलाई सुहाँउदो बीमा पोलिसी खरिद नगर्दा बीमितलाई पोलिसी सरेण्डरको समस्या आउने बीमाविज्ञ भोजराज शर्मा बताउँछन् ।

आयस्रोतलाई ध्यान नदिइ क्षमताभन्दा बढी रकमको बीमा गर्दा बीमालाई निरन्तरता दिन नसकिने उनको तर्क छ । बीमा गर्नुपूर्व नै आफ्नो आर्थिक स्थितिलाई असर नपर्ने गरी बीमालेखलाई निरन्तरता दिनसक्ने खालको बीमालेख खरिद गर्यो भने सरेण्डर गर्नुपर्ने अवस्था नआउने उनको बुझाइ छ ।

बीमा गर्दा आफ्नो आय रकमले भ्याएसम्मको गर्नुपर्ने उनी बताउँछन् ।

‘कसैले पनि आफ्नो आयको पूरै रकम बीमामा राख्न सक्दैनन्,’ शर्माले भने ‘बीमालाई कति रकम छुट्याउन सकिन्छ, सो अनुसारको बीमालेख खरिद गर्नुपर्दछ ।’

सो अनुसार बीमितले बीमालेख खरिद गरेमा भोलिका दिनमा बीमा योजनालाई निरन्तरता दिन सक्ने उनको भनाइ छ । आफ्नो आयलाई आधार मानेर बीमालेख खरिद गर्दा बीमामा सरेण्डरको दर घट्ने उनी बताउँछन् ।

बीमा गर्नुपूर्व खरिद गर्न लागिएको बीमालेखका बारेमा अध्ययन गर्ने हो भने सरेण्डरको समस्या रोकिने उनी बताउँछन् ।

बीमा योजनाका बारेमा जानकार हुँदा बीमितले आफ्नो आयमा तलमाथि आयो भने कसरी प्रिमियम तिर्न सकिन्छ भन्ने कुरामा समेत तयार हुने उनको दाबी छ । बीमितले बीमालेख खरिद गर्नुअघि नै त्यस्ता कुरामा जानकार भएमा सरेण्डर नहुने उनको अनुमान छ ।

अभिकर्ताहरुले बीमालेख बिक्री गर्नुपूर्व बीमितलाई राम्रोसँग बीमालेखका बारेमा नबुझाउँदा पनि बीमितले आफ्नो बीमालाई निरन्तरता दिन नसकेको शर्माले बताए ।

सरेण्डरको दर रोक्नका लागि बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने उनको बुझाइ छ । अभिकर्ताले बीमितको आर्थिक अवस्था तथा बीमितको आवश्यकता अनुसारको बीमालेख बेच्नु पर्ने उनको तर्क छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा योजनाका बारेमा जानकारी नलिई बीमा गर्दा सरेण्डरको समस्या देखिने बताए ।

अभिकर्ताको कुरामा विश्वास गरेर आफ्नो आम्दानीलाई नहेरी बीमा गर्दा सो बीमालाई निरन्तरता दिन नसक्ने उनको भनाइ छ ।
‘बीमितले पहिले बीमा गर्छन्, पछि पैसा तिर्न गाह्रो पर्छ, सोही कारणले सरेण्डर हुन्छ,’ उनले भने ।

सरेण्डर सम्बन्धी नयाँ व्यवस्था जारी गरेपछि भने सरेण्डरको संख्यामा कमी आएको उनको भनाइ छ । एकैपटक सो संख्या घटाउन नसकिने उनले बताए । यद्यपि नयाँ व्यवस्था जारी गरी सरेण्डर रोक्नु भने पछि कम भएको उनको भनाइ छ ।

अभिकर्ता पेशामा सक्रिय सुजिता कार्कीले बीमा बजारमा बीमा कम्पनीमा भएका पोलिसीका बारेमा जानकार नभएका अभिकर्ताहरुले बीमा गर्दा बीमितले सरेण्डरको बाटो रोज्ने बताइन् ।

बजारमा दक्ष अभिकर्ताको खाँचो रहेको उनको भनाइ छ । बजारमा कम्पनीका बीमा योजनाका बारेमा जानकार बीमा अभिकर्ता हुने हो भने सरेण्डर गर्ने परिपाटीलाई कम गर्न सकिने उनको भनाइ छ ।

कुन कम्पनीमा सरेण्डर पोलिसीको संख्या कति ?
समितिका अनुसार माघ महिनाको अवधिमा १९ जीवन बीमा कम्पनीका ६१ करोड १७लाख ४९ हजार रुपैयाँ बराबरका ४ हजार ९२५ जना बीमितले आफ्नो बीमालेख समर्पण गरेका छन् ।

तथ्यांकअनुसार नेपाल लाइफ र राष्ट्रिय बीमा संस्थानमा बीमालेख सरेण्डरको संख्या धेरै छ ।

माघ महिनाको अवधिमा नेपाल लाइफका कुल सरेण्डर पोलिसीको ३१.५७ प्रतिशत बीमालेख सरेण्डर भएका छन् । यस अवधिमा कम्पनीका ३० करोड १७ लाख ९१ हजार रुपैयाँका एक हजार ५५५ वटा बीमालेख सरेण्डर भएका हुन् ।

राष्ट्रिय बीमा संस्थानका ६ करोड १६ लाख ५३ हजार रुपैयाँका १ हजार १९४ वटा बीमालेख सरेण्डर भएका छन् । जुन कुल सरेण्डर पोलिसीको २४.२४ प्रतिशत हो ।

यस्तै, प्रभु लाइफ इन्स्योरेन्सका २ लाख १४ हजार रुपैयाँ बराबरका ४ वटा मात्रै पोलिसी सरेण्डर भएका छन् । नेशनल लाइफमा ५ करोड ५९ लाख १० हजार रुपैयाँका ४७७ वटा बीमालेख सरेण्डर भएका छन् ।

लाइफ इन्स्योरेन्स कम्पनीमा ३ करोड ७३ लाख ६१ हजार रुपैयाँ बराबरका २२२ वटा बीमालेख समर्पण भएका छन् ।

मेट लाइफका एक करोड ८६ लाख ४९ हजार रुपैयाँका २८० वटा बीमालेख समर्पण भएका छन् । एशियन लाइफमा ४ करोड ९५ लाख ४५ हजार रुपैयाँका ४९३ वटा बीमालेख समर्पण भएको समितिको तथ्यांक छ ।

गुराँस लाइफ इन्स्योरेन्समा ७७ लाख ७८ हजार रुपैयाँका ७३ वटा बीमालेख समर्पण भएका छन् । प्राइम लाइफ इन्स्योरेन्समा १ करोड ६ लाख १५ हजार रुपैयाँ बराबरका २१८ वटा बीमालेख समर्पण भएका छन् ।

आईएमई लाइफमा १५ लाख ९२ हजारका १७ वटा बीमालेख सरेण्डर भएका छन् । यूनियन लाइफ इन्स्योरेन्समा १ करोड ४६ लाख ९७ हजार रुपैयाँका ५८ बीमालेख सरेण्डर भएका छन् ।

ज्योती लाइफमा ४९ लाख ३८ हजार रुपैयाँका ४३ वटा बीमालेख समर्पण भएका छन् भने सन नेपाल लाइफमा ३ लाख १० हजार रुपैयाँ बराबरका ६ वटा बीमालेख सरिेण्डर भएका छन् ।

रिलायन्स लाइफ कम्पनीका १ करोड ९० लाख ९२ हजार बराबरका २९ वटा वटा बीमालेख सरेण्डर भएका छन् । रिलायबल नेपाल लाइफका ७१ वटा, सिटिजन लाइफका २५, सानिमा लाइफका १५, प्रभु लाइफ ४ वटा, महालक्ष्मी लाइफ ७ वटा बीमालेख सरेण्डर भएको समितिको तथ्यांक छ ।

तीन वर्ष पूरा भएपछि सरेण्डर गर्न पाइन्छ
ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष प्रिमियम तिरेपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै समितिले सरेण्डरमा नयाँ नियम लागू गरेको छ ।

समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेथिती रोक्नका लागि भन्दै यस्तो व्यवस्था कायम गरेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार ००:००  ११ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping