![](https://internal.appharu.com/wp-content/uploads/2022/03/0-02-03-e2f5966072d14d571f922cf7d8745c3d7546477776f094ef03e02fb33b82c81b_7ec474319e66663b-768x576.jpg)
काठमाडौं । नेपालभर डिटिएच र इन्टरनेट सेवा बिस्तार गरिरहेको डिशहोम फाइवरनेटले हात्तीगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।
फागुन २२ गते देखी डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो शोरुमको सि एम टे्रडिङ्ग अर्न्तगत रहेकाे लक्की ग्यालरीले सञ्चालन गर्नेछ ।
शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, र्माेकेटिङ अफिसर अनिल ठाकुर र सि एम टे्रडिङ्गका तर्फबाट गोपालमान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाका उपस्थितिमा सम्पन्न भएको थियो ।
लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।
१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।
SHARE YOUR THOUGHTS