दुई अर्बपति जीवा लामिछाने र शेष घलेको इगोले फुट्यो एनआरएनए « Eglish Khabarhub

दुई अर्बपति जीवा लामिछाने र शेष घलेको इगोले फुट्यो एनआरएनए


१० चैत्र २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सन् २०१३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए)मा जीवा लामिछानेको कार्यकाल सकिन लागेको थियो । लामिछानेले आफूपछिको नेतृत्वमा ल्याउन अष्ट्रेलियामा सफल व्यवसाय गरिरहेका शेष घलेलाई हेरेका थिए ।

एनआरएनएको शुरुवाती अभियानमा सक्रिय नभएका घलेको परिचय अष्ट्रेलियामा सफल व्यवसायीका रुपमा मात्रै थियो । लामिछानेकै जोडबलमा घले एनआरएनएको अध्यक्ष बने ।

घलेभन्दाअघि ३ जना निर्विरोध अध्यक्ष बनेका थिए । तर, घले निर्विरोध अध्यक्ष चुनिन पाएनन् । एनआरएनए व्यापारीको मात्र संस्था भएको भन्दै महासचिव तेञ्जी शेर्पाले अध्यक्षमा उम्मेद्वारी दिए ।

एनआरएनएको नेतृत्वको घलेको समयदेखि निर्वाचनबाट चुनिन थाल्यो । लामिछानेले घलेलाई अध्यक्षमा अगाडि ल्याउनुको पहिलो स्वार्थ उनी सफल व्यवसायी हुनु नै थियो ।

लामिछाने निकट व्यक्तिहरुले घलेलाई अध्यक्ष बनाउने नीतिको विरोध गर्दा उनले एनआरएनएको अध्यक्ष पैसा भएको व्यक्ति नै हुनुपर्ने उनले जवाफ दिन्थे ।

‘२ वर्षको कार्यकालमा ५०÷६० देशमा जानुपर्छ, यसका लागि आफै पैसा खर्च गर्ने व्यक्ति एनआरएनएको अध्यक्ष बन्नुपर्छ,’लामिछानेले त्यो बेला आफु निकट व्यक्तिसँग भनेका थिए ।

घलेलाई एनआरएनएको अध्यक्ष बनाउन लामिछानेले नजिकका साझेदार मित्र रहेका उपेन्द्र महतोसँग समेत सम्बन्ध बिगारेका थिए ।

यसैक्रममा नेपालमा भूकम्प आयो । भूकम्पपछि एनआरएनएले राहतको कार्यक्रम चलायो । घलेबाट असन्तुष्ट भएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफ्नी आमाका नामबाट स्थापित फुलकुमारी महतो ट्रष्टबाट सहयोग गरे तर एनआरएनएबाट गरेनन् । त्यस समयमा महतो र घलेबीच बिग्रेको थियो । लामिछाने र घलेको सम्बन्ध भने राम्रो थियो ।

रसियाबाट युरोपमा व्यवसाय सिफ्ट गरेका लामिछानेको घलेसँगको निकटता व्यवसायिक साझेदारीमा समेत फैलिएको थियो । लामिछाने, घले र कुमार पन्तको साझेदारीमा युरोपमा होटल समेत खुलेको थियो । चर्चा त अझ लामिछाने युरोपबाट अष्ट्रेलिया सिफ्ट हुन्छन् भन्नेसम्म चलेको थियो ।

सन् २०१५ मा घलेको एनआरएनए अध्यक्षको पहिलो कार्यकाल सकिन लागेको थियो । त्यसपछिको अध्यक्ष को बन्ने भन्ने चर्चा शुरु भइसकेको थियो ।

एनआरएनएमा संस्थापक अध्यक्ष महतो बाहेक अरु कसैले त्यो बेलासम्म कार्यकाल दोहोर्याएका थिएनन् । भूकम्पपछि एनआरएनएले लारपाकमा बस्ती बसाउने र भवन बनाउने अधुरो काम रहेको भन्दै घलेले अर्को कार्यकाल दोहराउने नीति लिए ।
तर लामिछाने घलेको कार्यकाल दोहोर्याउन दिने पक्षमा थिएनन् । निर्वाचनमा घलेले टिबी कार्कीलाई पराजित गरेर अध्यक्ष चुनिए । त्यो बेला खुलेरै कांग्रेस र माओवादीले घलेको पक्षमा एमालेले कार्कीको पक्षमा लागेका थिए ।

घले दोस्रो कार्यकाल अध्यक्ष बनेपछि भने लामिछानेसँग सम्बन्ध बिग्रियो । त्यो कार्यसमितिमा महासचिव रसियाका डा. बद्रि केसी थिए ।

घलेले कर्पोरेट तरिकाले संस्था चलाएको भन्दै केसीले चर्को आलोचना गरे । २ कार्यकाल अध्यक्ष सकिएपछि घलेले आफ्नी श्रीमती जमुना घलेलाई अध्यक्षमा उठाए । त्यो बेला जीवा लामिछाने भवन भट्टबीच सहमति बन्यो ।

भट्टलाई अध्यक्षमा लामिछानेले सहयोग गर्ने र लामिछाने निकट कुमार पन्त र महासचिवमा बद्रि केसीलाई भट्टले सहयोग गर्ने सहमति बन्यो । उक्त निर्णय अनुसारको टीम पनि बन्यो ।

निर्वाचनमा शेष घलेको श्रीमति जमुनालाई पराजित गर्दै भवन भट्ट अध्यक्ष बने । शेष घलेलाई सफल व्यवसायी बनाउन जमुनाको भूमिका थियो । शेष अध्यक्ष बनेपछि जमुनाले संस्था चलाउन खोज्दा समस्या भएको लामिछाने निकटहरु बताउँछन् ।

पैसा भएका व्यवसायी अध्यक्ष हुने र हकहितको कुरा श्रमिकको गर्ने सामाजिक संस्थाको रुपमा चलाउने अभियान संगठित हुँदा एनआरएनमा विवाद भएको हो । अहिलेसम्म पनि एनआरएनएको भूमिका विदेश बस्ने नेपालीलाई जोड्ने हो वा बैदेशिक रोजगारीमा गएका नेपालीको हकहितमा काम गर्ने वा लगानीको हितमा काम गर्ने त्यो प्रष्ट छैन ।

एनआरएन अभियानबाट संस्था बनेपछि समस्या निम्तिएको कुनै बेला एनआरएनमा सक्रिय रहेका सुभास अधिकारी बताउँछन् ।

‘पूर्वअध्यक्षको भूमिका मर्यादा अनुसारको भएन, आफूले भनेको भएन भने फुटाउने र सधै सक्रिय भइरहन खोज्ने पूर्वअध्यक्षहरुका कारण अहिले स्थिती देखिएको हो,’ अधिकारीले भने ।

व्यापारी इगोमा राजनीति पस्यो
जीवा लामिछानेले भवन भट्टलाई अध्यक्ष बनाएपछि अध्यक्षमा आफू निकटलाई बनाउने योजना बनाए ।लामिछानेका आलोचकहरु उनले पन्त,केसी हुँदै महेश श्रेष्ठ तथा गौरी जोशीलाई समेत अध्यक्ष बनाउने योजना बनाएको बताउँछन् ।

२ वर्षअघि लामिछानेका व्यवसायिक साझेदार कुमार पन्त एनआरएनए अध्यक्षमा चुनिए । त्यसबेला पन्तसँग बेलायतमा बस्ने व्यवसायी कुल आचार्यले प्रतिस्पर्धा गरेका थिए ।

कुललाई घलेको सहयोग थियो । आचार्यलाई कांग्रेसले आधिकारिक रुपमा सहयोग गरेको थियो । एनआरएनएको राजनीतिमा संलग्न भएका कांग्रेसीको सहयोग भने पन्तलाई थियो । पन्तको कार्यकाल असोजमा सकिँदै थियो ।

कार्यसमितिका अध्यक्ष पन्त, उपाध्यक्ष केसी तथा महासचिव हेमराज शर्माले नियम विपरीत गरेको काम तथा कुल आचार्यको राजनीति र जीवा र शेष घलेको प्रतिष्ठाको लडाइले एनआरएनएमा विभाजन आएको हो ।

यस पटक कुल आचार्य कांग्रेसको आधिकारिक उम्मेद्वारको रुपमा अगाडि सरेका छन् । उपाध्यक्ष रविना थापाले समेत उम्मेद्वारी दिइन् । लामिछानेको समर्थन केसीलाई नै हुने भयो । शेष घलेसँगको विवादको कारण उनी कुनैपनि हालतमा अध्यक्षमा केसीलाई स्वीकार गर्ने पक्षमा थिएनन् ।

पन्तले अध्यक्ष जितेपछि कांग्रेसले पनि आचार्यलाई जसरी पनि अध्यक्ष बनाउने नीतिमा थियो । एनआरएनका व्यवसायीको इगोमा राजनीति छिरेको थियो । पन्तको नेतृत्वको समितिले एकपक्षीय निर्वाचन गराउन खोजेपछि आचार्यले कांग्रेसले सरकारको नेतृत्व गरेको फाइदा उठाएर निर्वाचन रोक्न खोजे ।

एनआरएनएको विवादमा कांग्रेस र माओवादी एकातिर र एमाले अर्कोतिर भए । एनआरएनए अभियानमा संलग्न भएका तथा पूर्वप्रवक्ता समेत रहेका जुगल भुर्तेल राजनीतिको कारण एनआरएनएमा विवाद भएको बताउँछन् ।

‘संस्था ठूलो भयो, यसलाई जोगाउन नसक्दा अहिलेको समस्या आएको हो, राजनीतिक दलहरुलाई एनआरएनएको राजनीतिमा भित्राएको पनि हामीहरुले हो,’ भुर्तेलले क्लिकमाण्डूसँग भने ।

एनआरएन अभियानलाई संगठित गर्दा यसको विधेयक बनाउनेदेखि नागरितासम्म उपलब्धी हासिल गर्न सकिएको भुर्तेलको विश्लेषण छ ।

कुल, बद्रि र रविनाको सहमतिले पनि फुट्नबाट जोगिन सकेन

एनआरएनएको प्रमुख संरक्षकको हिसाबले शेष घलेले याक एण्ड यतिमा बोलाएको अधिवेशन हुने अघिल्लो दिन कुल आचार्य, बद्रि केसी र रविना थापाबीच सहमति भयो ।

आचार्य घलेले बोलाएको महाधिवेशनबाट अध्यक्ष चुनिने तयारी थियो । तर, नेपाली कांग्रेसले गरेको हस्तक्षेपले एनआरएनएमा ठूलो फुट हुनबाट जोगियो । अहिले आचार्यलाई घले निकटले धोका दिएको आरोप लगाएका छन् ।

कुल आचार्य, बद्रि केसी र रविनाबीच सहमति भएपनि शेष घलेले बोलाएको अधिवेशन रोकिएन । जसको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरे ।

घलेले बोलाएको अधिवेशनलाई अहिलेका अध्यक्ष कुमार पन्तको समूहले मान्यता दिएको छैन । एनआरएनए फुट्नबाट जोगिएको भने पनि घलेले बोलाएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि फुटेको छ ।

याक एण्ड यतिको अधिवेशनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । जसमा कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् । महासचिवमा जानकारी गुरुङ चयन भएकी छन् । यसैगरी सचिवमा जुनु गुरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।

एनआरएनएमा अहिले नेपालमा आएर व्यवसाय गर्न चाहने र राजनीतिसँग जोडिने बाहेक विदेशमा बसेका बौद्धिक भनिने समूदाय जोडिएको छैन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार ००:००  ४ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping