नेपाल वेयर हाउजिङको खाद्यान्न भण्डारण गृह निर्माण सम्पन्न « Eglish Khabarhub

नेपाल वेयर हाउजिङको खाद्यान्न भण्डारण गृह निर्माण सम्पन्न



काठमाडौं । नेपाल वेयर हाउजिड्ग कम्पनीले सुनसरी जिल्ला गढी गाउँपालिका-२ औरावनीमा खाद्यान्न भण्डारण गृह निर्माण गरेको छ । पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा बैज्ञानिक तवरको भण्डारण गर्ने कम्पनीले जनाएको छ ।

आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता कृषकसंग रहेको र त्यही खाद्यान्न महँगो मूल्यमा कृषकले समेत किन्नु पर्ने बाध्यता रहेकोले यस्तो बाध्यता कम गर्ने कम्पनीले जनाएको छ । यो समस्याको समाधानका लागि नेपाल वेयर हाउजिङ्गले सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरेको जनाएको छ ।

कम्पनीले कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधन, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीले संचालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १ करोड ३९ लाख रहेकोमा सो लगानी मध्ये ९४ करोड ऋण र बाँकी स्वपूँजी परिचालन गरिने छ । ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ।

कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि।, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी गरेका छन् । यी लगानीकर्ताहरुबाट कूल चालु पूँजी ६८ करोड ७५ लाखको ८० प्रतिशतले हुन आउने ५५ करोड रुपैयाँको सेयर लगानी भइसकेको कम्पनीले जनाएको छ ।

Publish on: