सूर्या लाइफको रणनीतिः ग्राहकको पहिलो रोजाइमा पर्न रि-ब्रान्डिङ र आक्रामक, दिनको ४० रुपैयाँ तिर्दा करोडको बीमा « Eglish Khabarhub

सूर्या लाइफको रणनीतिः ग्राहकको पहिलो रोजाइमा पर्न रि-ब्रान्डिङ र आक्रामक, दिनको ४० रुपैयाँ तिर्दा करोडको बीमा


२९ बैशाख २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एक दशकभन्दा लामो यात्रासँगै सूर्या लाइफ इन्स्योरेन्सले यतिखेर आफूलाई ‘रिब्रान्डिङ’ गरिरहेको छ । रिब्रान्डङसँगसँगै आक्रमक बजार विस्तारको रणनीति पनि बनाइरहेको छ । यसका लागि आकर्षक नयाँ प्रोडक्ट सार्वजनिक गरेको छ ।

कम्पनीले लोगो परिवर्तन गरेको छ । पहिले पहाडको बीचमा सूर्य उदाइरहेको थियो । अहिले पूर्ण सूर्य राखिएको छ । कलर पनि रातो, कालो, र पहेँलो प्रयोग गरिएको छ ।

नामअनुसार लोगोलाई पनि स्पष्ट सन्देश दिनेगरी यसलाई परिवर्तन गरिएको सूयालाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्का बताउँछन् ।

‘इन्स्योरेन्स क्षेत्रको रियल पिक्चर दिनेगरी यसलाई रिब्रान्डिङ गरिरहेका छौं,’ खड्काले क्लिकमाण्डूसँग भने, ‘सूर्य सम्पूर्ण प्राणीको शक्तिको स्रोत भएकाले यसले बीमाको उदेश्य पूरा गर्ने भएकाले यस्तो राखिएको हो ।’

सूर्यालाइफ नाम पनि बीमा क्षेत्रका लागि निकै मिलेको उनी बताउँछन् । सूर्य भनेको सबै जिवित वस्तुको लागि शक्तिको स्रोत हो । कम्पनीले आफ्नो लागेलाई यसैगरी व्याख्या गरेको छ ।

‘सामान्यतया दश वर्षमा हरेक कम्पनीले रिब्राडिङ गर्छन्,’ खड्का भन्छन्, ‘कम्पनीले एउटा उचाइ लिइसकेपछि थप उचाइमा लैजान रिब्रान्डिङ जरुरी छ ।’

कलर कम्बिनेसमा पनि स्पष्टता होस् भन्ने कम्पनीको चाहना छ । लोगोमा कालो, रातो र पहेँलो कलर प्रयोग गरिएको छ ।

‘लाइफ इन्स्योरेन्स भनेको प्रोटेक्सन, ह्याप्पीनेस र प्रोस्पेरिटी हो,’ खड्का भन्छन्, ‘कलरका यी तीनैवटा कम्बिनेसनलाई चिनाउन जरुरी छ ।’

लोगोसँगै श्लोगन पनि परिवर्तन भएको छ । पहिला हाम्रो अभिभारा भन्ने थियो भने अहिले ‘सर्भे भवन्तु सुखिन’ भन्ने छ ।

रिब्रान्डिङको अर्थ कम्पनीलाई अझ ठूलो साइजमा लैजानु हो । ग्राहकको पहिलो रोजाइ बनोस् उद्देश्य खड्काको टिमको छ । १९ वटा जीवन बीमा कम्पनीमध्ये सूर्यलाइफ सेवा, प्रोडक्सनदेखि सबै कुरामा पृथक छ भन्ने ‘फिल’ ग्राहकलाई गराउन चाहन्छन् उनी । अरुभन्दा पनि आफ्नो छवि र पोजिसनलाई अझमाथि लैजन रणनीति र भिजनलाई सघाउने गरेर ब्रान्डलाई नयाँ सोचमा लैजोन उद्देश्य कम्पनीको छ ।

त्यो सोच भनेको हरेक क्षेत्रमा छ । जस्तो कि रिब्रान्डिङ, चुस्त सेवा, नयाँ प्रोडक्ट, सुचित गराउने । समान्यत इन्स्योरेन्स कम्पनीले गर्ने काम लगभग एउटै हो । रिक्स कभर, सेभिङमा प्रोत्साहन र सकेसम्म समाजमा इन्स्यारेन्स बारेमो सुशिक्षित गर्ने ।

‘हामीले सेवा र प्रोडक्टमा विश्वास हासिल गर्ने र आर्थिकरुपमा सम्पन्न गराउन सहयोग गर्नेदेखि परिवारलाई सुरक्षित गर्न जरुरी छ,’ उनी भन्छन्, ‘इन्स्योरेन्सको सेवा सूर्यालाइफको जस्तो हुनुपर्छ भन्ने गराउने हो ।’

कम्पनीको मुख्य उद्देश्य ग्राहकलाई सेवा दिने हो । कम्पनीमा मुख्य त दुई तहका ग्राहक छन् । एजेन्सी र पोलिसी होल्डर । दुवै ग्राहकलाई सेवामा सूर्यालाइफ नै हो भन्ने बनाउन चाहछन् उनी ।

पोलीसी बिक्रीपछिको सेवामा पनि कुनै समस्या आउन नदिने रणनीति उनको कम्पनीको छ ।

बीमा बजारमा तीव्र प्रतिस्पर्धा छ । प्रतिस्पर्धाले धेरै इनोभेसन ल्याउँछ । यही प्रतिस्पर्धालाई ध्यानमा राखेर मौलिकतामा आधारित प्रोडक्ट ल्याइरहेको खड्का बताउँछन् ।

‘एक पटक सूर्यलाइफमा आवद्ध भएका ग्राहक अन्त कहीँ जानु नपर्ने गरी सेवा दिन्छौं,’ खड्का भन्छन्, ‘कर्मचारीको व्यवहारले सेवाग्राही सन्तुष्ट हुने, गुणस्तरी सेवा दिने र ग्राहकको पहिलो रोजाइ नै सूर्यालाइफ बनोस् भन्ने उदेश्य राखेर नयाँ रणनीतिसहित हामी लागेका छौं ।’

यी विभिन्न कारणले अन्य कम्पनीभन्दा सूर्यलाइफ पहिलेभन्दा फरक छ भन्ने देखाउन चाहन्छन् उनीहरु ।

जस्तो कि कम्पनी अब पेपरलेसमा जाँदै छ । कर्जा सीधै खातामा डिपोजिट गर्ने काम शुरु भइसकेको छ । म्याचुरिटीपछि लिने पैसा, क्लेम पैसा लिँदा ग्राहकलाई धेरै समस्या नपरोस्, धेरै लेयर नहोस् भनेर सीधै सेवा शुरु गरिएको खड्का बताउँछन् ।

कम्पनीले रिब्रान्डिङसँगै नयाँ प्रोडक्ट पनि ल्याएको छ । हालैमात्र सार्वजनिक गरेको मासिक १२ सय प्रिमियम तिर्दा १ करोड रुपैयाँ बराबरको बीमा योजनाले धेरै चर्चा पाएको छ । साथै, लोकप्रियता पनि । जुनसुकै नेपालीले बीमा पोलीसी किन्न सकुन् र आम सर्वसाधारणमा बीमाको पहुँच पुगोस् भनेर यो बीमा ल्याइएको उनी बताउँछन् ।

‘साच्चिकै बीमा गर्ने हो र परिवारको सुरक्षा दिलाउने हो भने ठूलो प्रिमियम तिरिरहनु पर्दैन । थोरै प्रिमियम तिरेर ठूलो रिक्स कभर गर्न सकिन्छ,’ उनी भन्छन्, ‘बीमा भनेको लगानी दृष्टिकोणबाट मात्रै हेर्ने होइन, खराब अवस्थाको योजना हो ।’

कुनै पनि परिवारका लागि यो ठूलो कुरा नभएको उनी बताउँछन् । यसमा महिनाको १२ देखि १५ सय रुपैयाँ प्रिमियम लाग्छ । एक करोडको १२ सय भनेको वर्षमा १४ देखि १५ हजारमा १ करोडको इन्स्योन्स हुन्छ । दैनिक ४० रुपैयाँमात्र हुन्छ ।

यो ‘एनी कज डेथ इन्स्यारेन्स’ हो, अर्थात् कुनै पनि कारणले बीमितको मृत्यु भएमा बीमा क्लेम गर्न पाइन्छ । यो एक वर्षदेखि ३० वर्षसम्मको अवधि र १८ वर्षदेखि ६५ वर्ष उमेरका व्यक्तिले लिन मिल्छ ।

सूर्यालाइफ १४ वर्षको भयो । सूर्या लाइफले स्थापनाको करीब एक दशक खासै राम्रो प्रगति गर्न सकेको थिएन । तर, जब कम्पनीले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका शिवनाथ पाण्डेलाई सीइओ बनाएर ल्यायो । पाण्डे नेतृत्वको टिमले कम्पनीलाई सही ट्र्याकमा ल्यायो । सूर्या हाँक्न व्यवस्थापकीय नेतृत्व पनि परिवर्तन परिवर्तन भएको छ । पहिला नेपाल लाइफमै काम गरेका खड्का सीइओ भएर आएका छन् । ब्राण्डिंगमा आफ्नो छुट्टै पहिचान बनाएका मेघेन्द्रप्रकाश गिरिलाई सूर्या लाइफले हालैमात्र ब्राण्डिंग प्रमुख बनाएर भित्र्याएको छ ।

सूर्याले लय समातेको छ । यो यात्रामा कम्पनीलाई नयाँ उचाई दिन खड्काको टिमले रणनीति बनाइरहेको छ । बीमा क्षेत्रमा एक दशक लामो अनुभव संगालेका विवेक झा सूर्यामा सञ्चालक भएर आएका छन् । झा दुई कार्यकाल नेपाल लाइफ इन्स्योरेन्समा सीइओ भएर काम गरे । उनले नै नेपाल लाइफलाई पहिलो नम्बरको जीबन बीमा कम्पनी बनाएका थिए ।

‘विवेक सरजस्तो बीमा क्षेत्रकै ब्राण्ड र हस्तीलाई सञ्चालककको रुपमा पाउँदा हामीलाई काम गर्न धेरै सजिलो भएको छ,’ उनले भने ।

अहिले खड्काको टीमले तीब्र गतिमा हाँकिरहेका छ ।अब ‘क्वालिटी, कम्प्लाइन्स विथ ग्रोथ’ हुन्छ भन्नेमा विश्वस्त छन् उनी ।

कम्पनीको प्रगति: सतप्रतिशत ग्रोथ

पछिल्लो समय प्रिमियम संकलनका आधारमा हेर्दा उल्लेख्य परिवर्तन गरेको छ कम्पनीले । टिपीआई, क्लेम सेटलमेन्टमा ‘नम्बर वान’ भएको खड्काको दावी छ । अहिलेसम्मका सबै दावीहरु भुक्तानी भइसकेका छन् । डकुमेन्टमा धेरै समस्या भएको र केही शंकमा रहेका बाहेक कुनै पनि दावी भुक्तानी गर्न बाँकी नरहेको उनले बताए । कतिपय दावीहरु उसैदिन भुक्तानी हुन्छन् भने कतिपय १५ दिनभित्र ।

व्यवसायीक प्रगति हेर्ने हो भने कम्पनी वार्षिक एक अर्बको कारोबारबाट माथि लागेको छ ।

‘अहिले सतप्रतिशतको ग्रोथ छ,’ खड्का भन्छन् ।

बीमा पोलिसी बिक्री पनि निरन्तर बढिरहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा १३ प्रतिशतले वृद्धि बीमा पोलिसी बिक्री भएको छ । यो वर्ष कम्पनीले १२.७ प्रतिशत बोसन दिएको थियो । ग्राहकलाई सीधै सेवा दिन थालेपछि प्रशासनिक खर्च पनि घटेको खड्का बताउँछन् ।

शाखा विस्तारमा पनि आक्रामक छ सूर्यालाइफ । यो वर्षमात्रै ४३ शाखा खोलिएको छ । अहिलेसम्म कम्पनीले ७५ जिल्लाका विभिन्न ठाउँमा १५० शाखा स्थापना गरिसकेको छ । मनाङ र मुगुमा मात्रै शाखा खोल्न बाँकी छ । कम्पनीमा ४५० कर्मचारी कार्यरत छन् ।

कम्पनीको पुँजीको आकार बढेर २ अर्ब ५५ करोड पुगेको छ । नेटवर्कदेखि सबै बढिरहेको छ ।

यो वर्ष लाइफ फन्डको आकार ५ अर्ब ६० करोडबाट ७ अर्ब ७० करोड पुगेको छ । अब यो वर्ष लाइफ फन्डको आकार १४ अर्ब रुपैयाँ पुग्ने खड्का बताउँछन् । लाइफ फण्डका आकार ठूलो हुँदै गएपछि त्यसलाई विभिन्न क्षेत्रमा लगानी गरेर राम्रो आम्दानी गर्ने उनको योजना छ । दुई वर्षको बीचमा लाइफ फन्डको आकार झन्डै दोब्बर भइसकेको छ । बीमा कम्पनी कति बलियो छ भन्ने कुरा उसँग लाइफ फण्डमा कति रकम छ भन्ने कुराले ठूलो अर्थ राख्छ ।

वासलातको आकार १६ अर्ब रुपैयाँ बराबरको भइसकेको छ । कम्पनीको यही प्रगतिसँगै समग्रमा हेर्दा चैत्र महिनामा १९ लाइफ इन्स्यारेन्समध्ये टप ५ सम्ममा पर्न सफल भएको थियो । वार्षिकरुपमा हेर्दा सातौ वा आठौं पोजिसनमा पुगेको छ ।

खड्काको कार्यकाल सकिन ३ वर्ष बाँकी रहँदा कम्पनीलाई टप ३ मा पुर्याउने उनको सोच छ ।

‘कम्पनीलाई टप ३ मा पुर्याउनुपर्छ भन्ने सोचका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘नम्बर त एउटा कुरा भयो । त्योभन्दा बढी जोड गुणात्मक र दीगो बनाउनमा हुन्छ ।’

अध्यापनदेखि सीइओसम्म

ललितपुर सुनाकोटी घर भएको सीइओ खड्का चार्टर्ड एकाउन्टेन हुन् । आफ्नो अध्ययन सकिँदै गर्दा उनले अध्यापन शुरु गरे । सन् २००२ देखि २००९ सम्म स्कुलदेखि कलजेसम्म अध्ययापन गरे । त्यसपछि बुटवल पावर कम्पनी (बीपीसी)मा काम गरे । त्यहाँ उनले सिएफओ, एडमिनलगायत धेरै क्षेत्र हेरे ।

‘अफगानिस्तानलगायतको अन्तर्राष्ट्रियस्तरमा एक्पोजरको मौका पाएँ,’ उनी भन्छन् । बीपीसीमा ४ वर्ष काम गरे ।

त्यसपछिको उनको यात्रा नेपाल लाइफ इन्स्योरेन्समा शुरु भयो । कर्पोरेट मार्केटिङ चिफको रुपमा नेपाल लाइफ छिरेपछि विभिन्न शाखाको अनुभव लिने मौका पाए । वैदेशिक रोजगार, एडमिन फाइनान्स हुँदै सिनियर म्यानेजर बने । नेपाल लाइफमा ६ वर्ष काम गरे ।

त्यसपछि भने उनले आफ्नो करियारको यात्रा सिमेन्ट उद्योगतिर लगे । सन् २०१९ मा विशाल सिमेन्टमा सीईओको रुपमा प्रवेश गरे । त्यहाँ डेढ वर्ष काम गरेपछि सन् २०२० सेप्टेम्बरदेखि खड्का सूर्या लाइफमा सीइओका रुपमा कार्यरत छन् । खड्का ४० वर्ष कम उमेरका थोरै सीइओमध्ये पर्छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार ००:००  १ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping