मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो


काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार १३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा सोमबार ९६ हजार रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ ।