![](https://internal.appharu.com/wp-content/uploads/2018/11/Ghar-Jagga.jpg)
काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा बाँझो जमिनमा सामूहिक खेती प्रवर्द्धन गर्ने उद्घोष गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्याउ ओखर जस्ता धेरै आयात हुने वस्तु उत्पादन गर्दा किसानलाई सहुलित दिने बताएकी हुन् ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले धान, मकै, प्याज, स्याउ, ओखरजस्ता बढी आयात हुने वस्तुको उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने बताइन् ।
उनले रबर खेतीका लागि विशेष योजना ल्याउने समेत बताइन् ।
SHARE YOUR THOUGHTS