बससेवा मार्फत टिकट काट्दा ३ जनाले पाए सुनको असर्फी « Eglish Khabarhub

बससेवा मार्फत टिकट काट्दा ३ जनाले पाए सुनको असर्फी



काठमाडौं । अनलाइनमार्फत बस टिकट काट्ने तीन जनाले सुनको असर्फी पाएका छन्

बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् । अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जितेका हुन् ।

यसैगरी २० जना यात्रुले क्यूएफएक्स् मुभि टिकट जितेका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदिमा मोटरबोट टिकट प्राप्त गरेका छन् । उपहार विजेताहरु बुधवार गोलाप्रथा मार्फत चयन गरिएको थियो ।

बससेवाले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको थियो । अफरमा बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवा मार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रु लक्षित् विभिन्न अफर सार्बजनिक गर्दै लैजाने जनाएको छ ।

Publish on: