![](https://internal.appharu.com/wp-content/uploads/2022/07/111-768x512.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन् । आइतवार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा बिरोध प्रदर्शन गरेको हो ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि गभर्नरबिरुद्ध आन्दोलन भएको हो । सरकारलाई दबाब दिएर गभर्नरको राजीनामा माग गर्न विद्यार्थीहरुले प्रदर्शन शुरु गरेका छन् ।
बिरोध प्रदर्शनमा बोल्दै अहिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको बताए । उनले गभर्नरको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।
राज्यको शक्तिको दुरुपयोग गरेर नेकपा एमालेले अहिलेपनि काम गरिरहेको आरोप लगाए । उनले ऐनलाई छलेर एमालेले अर्थतन्त्रको नेतृत्व गर्न दिएको भन्दै राजीनामा आउनुपर्ने माग गरे । उनले नेकपा एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताए । उनले डमीको रुपमा ल्याउन लागिएका एम अधिकारी स्वीकार्य नहुने चेतावनी दिए ।
बिरोध प्रदर्शनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताए । उनले २४ घण्टाभित्र राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी दिए ।
अध्यक्ष शेर्पाले आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/image-26.png)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-1-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-2-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-3-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-4-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-8-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-9-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-11-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/governor-andolan-10-768x432.jpg)
SHARE YOUR THOUGHTS