![](https://internal.appharu.com/wp-content/uploads/2022/05/nepal-bank--768x512.jpg)
काठमाडौं । नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
उक्त बचत खातामा वार्षिक ८.०३ प्रतिशत ब्याज पाइने छ । यस्तै १० लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बीमा सूविधा रहेको छ ।
पायनियर बचत खाता खोल्ने ग्राहकले निःशूल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशूल्क डिजिटल बैंकिङ सूविधा, लकर सूविधामा ५० प्रतिशत छुट, निःशूल्क डिम्याट खाता तथा सि–आस्वा लगायतका सुबिधाहरु पाउने छन् ।
नेपालभर २१९ शाखाहरु, १८२ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा दिएको जनाएको छ ।
SHARE YOUR THOUGHTS