
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालोधन सेतो बनाउन नसकेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रहार गरेको बताएका छन् ।
महासचिव पोखरेलले गभर्नरले कालोधनलाई सेतो बनाउन दिएको भए अहिलेको अवस्था नआउने तर्क गरे । उनले अब एम अधिकारीको बहस सकिएको दाबी गरे । उनले एम अधिकारीको बहस शुरु गरेर अर्थतन्त्रलाई श्रीलकाको बाटोमा लैजान गभर्नमाथि प्रहार गरेको समेत तर्क गरे ।
विदेशी मुद्राको सन्चिती घट्दै जाँदा देश सकटमा पर्न लागेको बताएका छन् । अनलाइन पत्रकारहरुसँग अन्तकृया कार्यक्रममा उनले उस्तो बताएका हुन् । पोखरेलले गठबन्धन सरकारको पालामा शोधानान्तर करिब ३ खर्ब घाटामा रहेको स्मरण गराए ।
उनले एमालेको सरकारको पालामा निरपेक्ष गरिबी २९ प्रतिशतबाट घटेर १७ प्रतिशतमा झारेको दाबी गरे ।
उनले नेपालमा भित्र्ने रेमिट्यान्स घटेको उल्लेख गरे । महासचिव पोखरेलले नेपालमा आयात मार्फत कालोधन भित्रने गरेको बताए ।
उनले सरकारले चालु आवको लागि ल्याएको बजेट हेर्दा सरकार क़्रोनी क्यापिटल तर्फ जान लागेको दाबी गरे । बजेटमार्फत बिलेटमा दिने छुटले केही व्यवसायीलाई मात्रै फाइदा पुग्ने दाबी गरे ।
प्रतिक्रिया