![](https://internal.appharu.com/wp-content/uploads/2019/10/dividend.jpg)
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीलाई लाभांश दिने घोषणा गरेका छन् ।
सिद्धार्थ इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट इकाईधनीहरुलाई करसहित ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
साउन २५ गते बसेको सञ्चाल समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।
यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट इकाईधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
साउन २५ गते बसेको सञ्चाल समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।
SHARE YOUR THOUGHTS