![](https://internal.appharu.com/wp-content/uploads/2020/10/sangrila_development_Bank_ceo_suyog_shrest.jpg)
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कार्यरत सुयोग श्रेष्ठ आगामी चार वर्षे कार्यकालका लागि फेरि नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई यही भदौ १९ गतेदेखि लागू हुनेगरी सीइओमा पुनः नियुक्त गरेको हो ।
आँटिला र जोशीला श्रेष्ठले चार वर्षको कार्यकालमा बैंकलाई निकै बलियो बनाएका छन् । यसअघि उनले हिमालयन बैंक, इन्भेष्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंकमा काम गरेका थिए ।
प्रष्ट वक्ता मानिने सुयोगले आफ्नो पहिलो कार्यकालमा बैंकको आन्तरिक व्यवस्थापनमा निकै जोड दिएका थिए ।
बैंकले देशभर ११२ शाखामार्फत् लाखौं ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS