सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार ३ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा आइतबार ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

Publish on: