![](https://internal.appharu.com/wp-content/uploads/2017/02/Nepal-Investment-Bank.jpg)
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस ४ र नगद लाभांश ७ प्रतिशत रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
SHARE YOUR THOUGHTS