मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ हजार थान नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ


नमूना मतपत्र

काठमाडौं । नक्कली मतपत्रसहित एक जना पक्राउ परेका छन् ।

१५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जगरनाथपुर गाउँपालिका-२ दसौताबाट एक जना भारतीय नागरिक पक्राउ परेका हुन्।

भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका भारत बिहारका इजाजत अममदले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए ।

पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।