मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?


काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५ र नगद १.५ प्रतिशत रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।