![](https://internal.appharu.com/wp-content/uploads/2022/04/janardan-sharma-2-768x403.jpg)
रुकुम । प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका आज आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो ।
यसैक्रममा अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार छन् ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरे ।
SHARE YOUR THOUGHTS