![](https://internal.appharu.com/wp-content/uploads/2022/11/matadan-gorkha-768x576.jpg)
गोरखा । गोरखाको सिरानचोकमा मतदानका क्रममा विवाद भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएको हो ।
धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएपछि मतदान प्रभावित भएको छ ।
मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र दिइएको भन्दै विवाद भएको हो । समस्या समाधानका लागि पहल भइरहेको छ ।
SHARE YOUR THOUGHTS