![](https://internal.appharu.com/wp-content/uploads/2019/03/NIFRA.png)
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
निफ्राले प्रति इकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । जसमा २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिने भएको छ भने ३० लाख इकाई बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रको वार्षिक ७ प्रतिशत रहेको छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल रहेको छ ।
SHARE YOUR THOUGHTS