
काठमाडौं । शहरी क्षेत्रमा घण्टीले ठूलो सफलता हात पार्ने देखिएको छ । अहिले मतगणना भइरहेका कास्की र चितवनमा शुरुमै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
बिहान ७ बजेसम्मको अपडेट अनुसार रवि लामिछाने उम्मेद्वार रहेको चितवन २ मा घण्टीले १०२, रुखले ४० र सुर्यले ३२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, काठमाडौँ । कास्की(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । वडा नम्बर १५ को कोलपाटन बुथको ५४० मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका हुन् । उनले १ सय ६२ मत पाएका छन् । कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् ।
हालसम्म विद्याले १ सय २२ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय १० मत पाएका छन् ।
ललितपुरको निर्वाचन क्षेत्र नं. २ मा बिहान ६ बजेसम्म सुर्यले १३ सय १७, लौरोले ८ सय ९७, कलमले ७ सय ७७, हलोले ६ सय ७६ र घण्टीले ३९० मत ल्याएका छन् ।
प्रतिक्रिया