
काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नं. १ को मतगणना शुरु भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म १ हजार मत गनिसकिएको छ ।
शुरुवातमा नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले अग्रता लिएका छन् । सिंहले ३२६ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका किराण पौडेलले १८६, राप्रपाका रविन्द्र मिश्रले २८९ मत ल्याएका छन् ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र स्वतन्त्र उम्मेद्वार रमेश खरेल पनि छन् ।
प्रतिक्रिया