काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रारम्भिक अग्रता बनाएको छ ।
राप्रपा उम्मेदवार भरतबहादुर खड्काले ३५९ मतसहित अग्रता बनाएका हुन् । नेकपा एमालेका नवराज गेलालले ३५६ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
एसअघि उक्त क्षेत्रमा जित हात पार्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २९२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
यसअघिको निर्वाचनमा उक्त निर्वाच क्षेत्रमा नेमकिपाले फराकिलो मतान्तरसहित जित निकालेको थियो ।
SHARE YOUR THOUGHTS