मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने ५३ प्रतिशत मत पाएर विजयी हुने एक्जिट पोल


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी हुने एक्जिट पोल सार्वजनिक भएको छ ।

निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गरेको फ्याक्ट्स नेपालले स्वतन्त्र पार्टीका लामिछानेले ५३ प्रतिशत मतसहित निर्वाचित हुने प्रक्षेपण गरेको छ । उक्त क्षेत्रमा मतदान गरेका मतदातासँगको कुराकानीका फ्याक्टसले यस्तो प्रक्षेपण गरेको जनाएको छ ।

लामिछानेले निकटतम प्रतिस्पर्धि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उमेश श्रेष्ठले २१ प्रतिशत मत पाउने र नेकपा एमालेका कृष्ण भक्त पोखरेलले १४ प्रतिशत मत पाउने आकलन गरिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारीले ५ र अन्यले ७ प्रतिशत मत पाउने आकलन गरिएको छ ।