मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको निर्वाचन क्षेत्रमा मतगणना शुरु


झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ ।

झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धामा छन् ।