मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेको क्षेत्रमा एमालेको शुरुवाती अग्रता


चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको यो क्षेत्र विशेष चासोमा रहेको छ । यस क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् ।

प्रारम्भिक मत परिणाम अनुसार एमालेका कृष्णभक्त पोखरेलले शुरुवाती अग्रता लिएका छन् ।

कृष्णभक्त पोखरेल(सूर्य ):५३
रवि लामिछाने(घण्टी): ५
उमेश श्रेष्ठ (रुख): ३३

चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।