![](https://internal.appharu.com/wp-content/uploads/2022/11/congress-uml-and-rsp-768x432.jpg)
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । देशका अधिकांश स्थानमा मतगणना सुरु भएको छ भने केही क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।
प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले १४ स्थानमा अग्रता बनाइरहँदा नेपाली कांग्रेसले १० स्थानमा अग्रता बनाइरहेको छ ।
त्यस्तै स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता बनाउँदा राप्रपाले ३ र एकीकृत समाजवादीले २ स्थानमा अग्रता बनाएको छ । जनमत पार्टीले २ स्थानमा अग्रता बनाउदा माओवादीले १ स्थानमा अग्रता बनाएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि २ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ ।
एमालेले झापा २, काठमाडौं ३ र ९, चितवन २, ललितपुरका तीनवटा निर्वाचन क्षेत्र, मनाङ, कपिलवस्तु ३, दाङ ३, दैलेख १ मा अग्रता बनाइरहेको छ ।
कांग्रेसले सप्तरी १, काठमाडौं १, ४, ५, १०, भक्तपर २, मकवानपुर १, नवलपरासी पूर्व २, स्याङ्जा १, सुर्खेत २, अछाम २ मा अग्रता बनाइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४, काठमाडौं २, ६, ७, ८ र कास्की २ मा अग्रता बनाइरहेको छ ।
राप्रपाले झापा ३, भक्तपुर १, बाँके २ मा अग्रता बनाइरहेको छ । एकीकृत समाजवादीले सल्यान र धादिङ १ तथा माओवादी केन्द्रले सर्लाही ३ मा अग्रता बनाएको छ । लोसपाले रुपन्देही ४ मा अग्रता बनाएको छ ।
SHARE YOUR THOUGHTS