![](https://internal.appharu.com/wp-content/uploads/2022/11/election-1-768x431.jpg)
मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।
गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए ।
खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।
SHARE YOUR THOUGHTS