![](https://internal.appharu.com/wp-content/uploads/2022/11/shekhar-vs-lalbabu-768x432.jpg)
मोरङ । मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेद्वार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।
प्रारम्भिक मतगणना अनुसार कोइरालाले ७२० ल्याएका छन् भने एमालेका लालबाबु पण्डितले ५१७ मत ल्याएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा १४२ र राप्रपाको हलोमा ७९ मत खसेको छ ।
यसअघिको निर्वाचनमा पण्डितले कोइरालालाई हराएका थिए ।
SHARE YOUR THOUGHTS