
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । देशका अधिकांश क्षेत्रको मतगणना शुरु भएको हो ।
पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले १ प्रतिनिधि सभा सदस्यमा जित निकालेको छ भने २० स्थानमा अग्रता बनाएको छ । उसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले १६ क्षेत्रमा अग्रता बनाइरहेको छ ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ । उसले ८ क्षेत्रमा अग्रता बनाएको छ ।
त्यस्तै माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले ३/३ स्थानमा अग्रता बनाइरहेको छ । जनमत पार्टीले २ स्थानमा अग्रता बनाइरहेको छ ।
कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ४, ५ र १० मा अग्रता बनाएको छ । कांग्रेसले नवलपुर २, इलाम २, चितवन १, कञ्चनपुर ३, बर्दिया १, रौतहट ४, भक्तपुर २, रुपन्देही ३, सुर्खेत २, तनहुँ २, कपिलवस्तु २, स्याङ्जा १, अछाम २, कपिलवस्तु ३, मोरङ ६, मकवानपुर १, डडेल्धुरा १ र तनहुँ १ मा अग्रता बनाइरहेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले काठमाडौं ३ र ९, मकवानपुर २, बाँके १, चितवन २, बाँके ३, अर्घाखाँची २, रुपन्देही १, धनुषा ३, भक्तपुर १, मनाङ १, ललितपुर १ र २, धनकुटा १, दैलेख १ र दाङ ३ मा अग्रता बनाइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं २, ६, ७ का साथै झापा ४, रुपन्देही २, कास्की २ र ३, ललितपुर ३ मा अग्रता बनाएको छ ।
माओवादी केन्द्रले सर्लाही ३, मोरङ ४ र दाङ २ मा अग्रता बनाइरहेको छ ।
राप्रपाले बाँके २, झापा ३ र काठमाडौं १ मा अग्रता बनाइरहेको छ ।
एकीकृत समाजवादीले दाङ १, धादिङ १ र सल्यान १ मा अग्रता बनाइरहेको छ ।
जनमत पार्टीले सप्तरी १ र २ मा अग्रता बनाइरहेको छ । नागरिक उन्मुक्ति पार्टीले २, लोसपाले १, हाम्रो नेपाली पार्टीले १, जनता समाजवादी पार्टीले १ ठाउँमा अग्रता बनाएको छ ।
प्रतिक्रिया